दशै आयो तिहारै आयो –परदेशी घर फर्कि आउँ है जहाजकै टिकटै काटेर

luto-Recoveredपर्वत । नेपाली लोकगायनमा स्थापित कलाकारको नाम हो बिष्णु खत्री । बागलुङ्गको गलकोटमा जन्मेर लोक तथा दोहोरी गायनमा राष्ट्रिय रुपमा स्थापित हुन सफल खत्रीले यस पटक दशैंलाई लक्षित गरि नयाँ गीत बजारमा ल्याएका छन । चाडपर्वको बेला बिदेशमा हुनुको पिडा र भोगाईलाई उनले मर्मस्पर्शी शब्द र लयमा गीतमा ब्यक्त गरेका छन । खत्रीले उक्त गीत आफनै युट्युव च्यानल विष्णु खत्री मार्फत बजारमा ल्याएका हुन ।
विष्णु खत्रीको आफ्नै उत्कृष्ट लय, शब्द अनि विष्णु खत्री र अनुपा थापाको सुमधुर स्वरमा सजिएको गीती एल्वम जहाजको टिकट सुमधुर क्रियसन मार्फत बजारमा आएको छ ।

यो गीतले आम नेपाली युवाहरु परदेशीएको पिडालाई समेटेको गायक खत्रीले न्युज डबलीलाई बताए । हामीले गीतलाई हाम्रो महान पर्व दशैलाई लक्षित गरि बनाएको भएको कारण हाम्रा लाखौं परदेशमा भएका युवाहरुको आफ्ना परिवारसँग टाडा हुँदाको पिडालाई समेट्ने कोसिस गरेको बताए ।
चिसो हावा मुलको पानी
कलकल बग्ने धारो
जन्मभुमी सम्झीएर मन बुझाउँन गारो
दशै आयो, तिहारै आयो
पिंग खेले है बाबियो बाटेर
दशैमा पाईएन बिदा नभने है बस्यो कि ढाटेर ।।

जस्ता निकै मार्मिक गितहरुको कारण गितले सफलता हासिल गरिसकेको छ । आम नेपालीलाई पिडालाई समेट्न सक्ने गायक भएको कारण पनि नेपाली लोकसंगितको क्षेत्रमा खत्रीको चर्चा निकै अग्लो स्थानमा छ । परदेशमा भएको मान्छेले नेपालमा रहेकी आफ्नी प्रियसीलाई सम्झाउँदै भनेको शब्दले अझै दर्शक रुवाउने खालको छ ।
भटभटेमा आउँछु सानु, एक दिन आकाशबाट
नपरोस है जान कोहिलाई बाकसबाट
दशै आयो, तिहारै आयो
पिंग खेले है बाबियो बाटेर
दशैमा पाईएन बिदा नभने है बस्यो कि ढाटेर ।। जस्ता बिष्णु खत्रीका शब्दमा कुनै कमेण्ठ गर्ने स्थान नै छैन । चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको यस गीतको भिडियो गायक खत्री र चर्चित मोडल रञ्जिता गुरुङको अभिनय रहेको छ । २०५७ सालमा गीत संगीतको यात्रा प्रारम्भ गरेका खत्रीले एक दशक भन्दा लामो सांगितिक यात्रा तय गरिसकेका छन ।
गीतलाई आम दर्शक श्रोताको मनसम्म लैजान सक्ने क्षेमताको कारण सबैका प्रिय गायक बनेका खत्रीले यसपाली पनि त्यो कुरालाई निकै मर्मका साथ समाबेश गरेका छन् । आफुलाई लोक दोहोरी क्षेत्रमा निकै फरक शैलीको कारण चर्चामा ल्याउन सफल गायक खत्री पञ्चेबाजा र दशै गितको लागि लाखौं दर्शक श्रोतालाई पर्खाउन सफल पनि मानिन्छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ

मोदीका आरन व्यवसायीलाई आधुनिक औजार

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम