भ्रष्टाचारीहरु उम्मेद्वारी बन्न पाउने कुराको चर्को विरोध

व्यवस्थापिका संसद राज्य व्यवस्था समितिको छलफलमा एमालेले सत्तारुढ नेपाली काँग्रेसकै कारण प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन कानुन बनाउन ढिलाई भईरहेको आरोप लगाएको छ ।

नेकपा एमालेका  सांसद यज्ञराज सुनुवारले सत्तारुढ काँग्रेसकै कारण प्रदेश र प्रतिनिधि सभा निर्वाचन कानुन बनाउने काममा ढिलाई भएको आरोप लगाए । साथै उनले नेपालपाटीसँग भने –“कांग्रेसले भ्रष्टाचारको मुद्दामा जेल सजाय कटाएका जस्ता  उम्मेदवार समेत ल्याउनुपर्ने भनेपछि आफुले अपराधि ल्याउनुभन्दा फाँसी दिनुपर्ने भनेका छौं । ”

सांसद सुनुवारले कांग्रेस आफै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुन नदिने खेलमा लागेको समेत आरोप लगाएका छन् । उनका अनुसार सरकारले ल्याएको विधेयकमा भ्रष्टाचार लगायतका फौजदारी अभियोग लागि सकेकालाई निर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ ।

एमाले,माओवादी र नेमकिपाका सबै र कांग्रेसका केही सांसदहरुले भ्रष्टाचारको मुद्दामा सफाई पाएकाहरुले उम्मेद्वार बन्न पाउने कुराको चर्को विरोध सुरु गरेका छन् ।

शुक्रबारको बैठकमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै एमाले,माओवादी सांसदहरुले अव उपरान्त विधेयकलाई कुनै पनि हालतमा अड्काउन नहुने बताएका छन् ।

प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन कानुन तत्काल बनाउने गरी समितिले दुवै विधेयक माथिको दफावार छलफललाई तीव्रता दिएको छ । समितिका सभापति दिलबहादुर घर्तीले छिट्टै विधेयक पारित हुने बताएका छन् ।

निर्वाचन आयोगले कानुनको अभावमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको नियमावली, कार्यविधि र निर्देशिका बनाउने काम समेत अघि बढाउन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मोदीका आरन व्यवसायीलाई आधुनिक औजार

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम

पर्वतमा ज्वरोको बिरामी बढ्दै, एन्टीजेन परीक्षणमा ५० प्रतिशत संक्रमित