पर्वतको पाङमा नवजात शिशु मृत अवस्थामा फेला

dead bbyपर्वत/ पर्वत जिल्लाको कुश्मा नगरपालिका १ पाङमा शुक्रवार विहान एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।
कुश्मा नगरपालिका –१ पाङ सिधाली वस्ने बाबुराम कंँडेलको घरको पछाडी पट्टी रहेको झाडीमा पुरुष जातीको नवजात शिशुको मृत शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
स्थानियले दिएको सूचनाको आधारमा घटनास्थल पुगेको प्रहरीको टोलिले उक्त शब नियन्त्रणमा लिएको र कसले जन्माएर फालेको हो भन्ने बारे कुनै जानकारी नखुलेको प्रहरी निरिक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । उक्त शिशु रातीनै जन्माएर जंगलमा फालेको जस्तो देखिने उनले बताए ।
उक्त शिशुको शब अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । घटनाको सम्वन्धमा बिस्तृत अनुसन्धान कार्य भईरहेको समेत प्रहरी निरिक्षक लामिछानेले जानकारी दिए । थप अनुसन्धनाको लागी कुश्मा नगरपालिका –३ बस्ने वर्ष २५ को दुर्गा वि.क. कुश्मा नगरपालिका – १ बस्ने अन्दाजी वर्ष १७र१८ की अम्विका कँंडेललाई प्रहरीले नियन्त्रणमा लिईएको छ जनाएको छ । उनिहरुले भने अहिलेसम्म आफ्ना शिशु नभएको बताएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’