मन्त्रीको निशानामा खेलकुदका सदस्य–सचिव

मन्त्रीको निशानामा खेलकुदका सदस्य–सचिव

निर्देशनबारे सदस्य–सचिव बेखवर, मिडियामा छ्याप्छ्याप्ती

१६ भदौ । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले राजनीतिक प्रतिशोधका आधारमा काम–कारबाही र अनावश्यक निर्देशन दिन थालेका छन् । मन्त्री केसीले पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले पाउँदै आएको अधिकार कटौती हुने गरी २६ बुँदे निर्देशन दिएपछि मन्त्रीको वक्रदृष्टि अब सदस्य–सचिव विष्टमाथि परेको बताइन थालिएको छ ।

बिहीबार मात्रै मन्त्री केसीले सदस्य–सचिव विष्टलाई २६ बुँदे निर्देशन दिएका थिए । पूर्वमन्त्रीहरुले पनि यस्ता निर्देशन दिने परम्परा रहे पनि राखेपको ऐनलाई मिचेर भने निर्देशन दिने गरेका थिएनन् । तर, मन्त्री केसीले भने राखेपको ऐनविपरीत सदस्य–सचिवलाई २६ बुँदे निर्देशन दिएको बताइन्छ । सदस्य–सचिवले राखेपको ऐनअनुरुप काम गर्दै आएका हुँदा ऐनभन्दा निर्देशन ठूलो नहुने देखिन्छ ।

मन्त्री केसीले सदस्य–सचिव विष्टलाई २६ बुँदे निर्देशन दिए पनि सो निर्देशन सदस्य–सचिवकहाँ आइनपुग्दै सञ्चारमाध्यमहरुमा पठाइएको थियो । बिहीबार २६ बुँदे निर्देशन जारी गरिए पनि अझैसम्म सदस्य–सचिवले पाएका छैनन् । सदस्य–सचिवलाई कुनै जानकारी नै नदिई मन्त्रालयका प्रवक्ता रामप्रसाद थपलियाले सञ्चारमाध्यमहरुमा सो निर्देशन पठाएका थिए । सदस्य–सचिवको अधिकार कटौती हुनेगरी मन्त्रीलाई २६ बुँदे निर्देशन दिन उक्साउन सचिव महेश दाहालको पनि भूमिका रहेको बताइन्छ ।

२६ बुँदे निर्देशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना, बैठकमा खेलाडीहरुको सहभागिता र परिषद्का कुनै पनि सदस्य र कर्मचारीलाई विदेश पठाउने विषयमा मन्त्रालयबाट स्वीकृति लिनुपर्नेलगायतका छन् । यसैगरी, संघसंस्थालाई दिने अनुदान रकम बोर्डको बैठकअनुसार र मन्त्रीको निर्देशनअनुरुप दिन पनि निर्देशन दिइएको छ ।

यसैबीच, मन्त्री केसीले राखेपको उपाध्यक्ष लामा टेन्डी शेर्पालाई ‘सम्पूर्ण खेल गतिविधिबाट अलग राख्न’ दिएको निर्देशनको सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश चोलेन्द्रशमशेर जबराले उपाध्यक्ष शेर्पालाई काम गर्न, नगराउन दिएको विषयमा कारण देखाऊ आदेश जारी गरेको हो ।

मन्त्री केसीले नेपाल स्काउटका आयुक्त रवीन दाहाल र सदस्य–सचिव लोकबहादुर भण्डारीलाई हटाउने निर्णयको पनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । चार वर्षका लागि नियुक्त भएका स्काउटका पदाधिकारीहरुलाई मन्त्री केसीले पद सम्हालेलगत्तै हटाउने निर्णय गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास