कुस्मा नगरपालिकाको अबरोध बारे एमाले पर्वतको कडा प्रतिकृया – मेयरको यस्तो रबैयाले कुस्मा नगरपालिका चल्दैन

IMG_20170831_103235पर्वत/कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी र नेपाली कांग्रेस पार्टीको उदासिनताले लामो समय देखि निती तथा कार्यक्रम र बजेट पारित हुन नसकेको आरोप नेकपा एमालेले लगाएको छ ।
नेकपा(एमाले) पर्वतका अध्यक्ष पदम गिरीले नगरपालिकामा समस्याको निकास दिन र बिकास निर्माणका काम सुचारु गर्न मेयर जोशी उदासिन बनेको आरोप लगाएका हुन ।
नेकपा(एमाले) पर्वतले बिहीबार आयोजना गरेको प्रेस चौतारी नेपाल, पर्वत संगको छलफल कार्यक्रममा कुस्मा नगरपालिकालाई बन्धक बनाएर जाने मनस्थितिमा कांग्रेस र मेयर जोशी रहँदा समस्या समस्याले निकास नपाउने स्पष्ट पारे । ‘ मेयर जोशी र कांग्रेस पार्टीको यस्तो रबैयाले कस्मा नगरपालिका चन्दैन’ उनले भने ‘अरुलाई आरोप लगाउने तर आफुँ कानमा तेल हालेर सुतेपछि कसरी निकास निस्कन्छ’
कुस्मा नगरपालिकाको कार्यपालिकामा नेकपा(एमाले)को स्पष्ट बहुमत छ । तर नेपाली कांग्रेसबाट निर्वाचित मेयर रामचन्द्र जोशीले कार्यपालिकाले गर्ने अन्तिम निर्णय आफुँले गर्न पाउनुपर्ने अडान राखेपछि सहमति हुन नसकेको आरोप एमालेले लगाएको छ एमालेले प्रमुख सहित बहमुतको निर्णय गरेर जान तयार भएपनि मेयर जोशीले ‘पावर सेयरिङ्ग’ गर्न नचाहेको अध्यक्ष गिरीले बताए । ‘बहुमतको पनि सम्मान गर्न नसक्ने हो भने र बहुमतले निर्णयमा साझेदार बन्न नसक्ने हो भने कसरी निकास निस्कन्छ’ उनले संचारकर्मीहरु संग भने ‘पावर सेयरिङ्ग गरि जान र सम्बादबाट निकास निकाल्न एमाले तयार छ’ नगरप्रमुख जोशी र नेपाली कांग्रेसले संबाद गर्न कुनै इच्छा नदेखाएको कारण नगरसभा हुन नसकेको सबै अपजस लिनका लागि तयार हुन चेतावनी पनि दिए । ‘संबाद पनि नगर्ने र समस्या बल्झाउने हो भने अपजसको सबै भागिरदार मेयर जोशी र नेपाली कांग्रेस हुनुपर्छ ’ अध्यक्ष गिरीले भने ।

कुस्मा नगरपालिकाको २३ जना कार्यपालिका सदस्य मध्ये एमालेका १६ जना सदस्य छन भने मेयर, उपमेयर सहित नेपाली कांग्रेसका तर्फबाट ७ जना छन । एमालेको १७ जना सदस्य मध्ये मनोहर बिश्वकर्मा पौडेल जिल्ला समन्वय समिति पर्वतको प्रमुख निर्वाचित भैसकेका छन । नेपालको संबिधान २०७३ ले हरेक स्थानिय तह स्वायत्त हुने र आफ्नो लागि सबै ऐन कानुनहरु निर्माण गर्न सक्ने अधिकार दिएको छ । संघिय मामला तथा स्थानिय बिकास मन्त्रालयले पठाएको नगरपालिका सञ्चालन सम्बन्धी नमुना कार्यबिधीमा दोस्रो बिकल्पका रुपमा रहेको नगरप्रमुख सहित कार्यपालिकाको बहुमतले निर्णय गर्न सक्ने बिषयमा जुनसुकै बेला पनि सहमतिका लागि तयार भएको बताएको छ । ‘हामीले बहुमतका आधारमा मात्रै निर्णय गर्न खोजेका छैनौ’ अध्यक्ष गिरीले भने ‘निरंकुश बन्छु र बहुमतलाई एक्लै पेलेर जान्छु भन्ने सपना देखिरहने हो भने समस्या हल हुन सक्दैन’

IMG_20170831_103115
कुस्मा नगरपालिकामा नगरसभा बस्न नसक्दा गाउँमा बजेट जान सकेको छैन भने स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षकले तलब पनि खान पाएका छैनन । बजेट पास नहुँदा अस्पतालमा सुत्केरी हुने महिलाले सुत्केरी खर्च पाएका छैनन भने खोप लगायतका सेवा प्रभाबित हुने अवस्था आएको छ । राजनैतिक दलका बिचमा सहमति कायम गरेर नगरसभा गर्न नसकेमा नगर कार्यपालिकाको कार्यबिधीलाई थाँती राखेर अन्य निर्णय गरेर जान सकिने बिकल्प भने रहेको जानकारहरु बताउँछन । दुई पक्षको बिचमा सहमति कायम नहुँदा बैठकको कार्यबिधी पछि पास गर्ने गरि बजेट र अरु कुरा फुकाउन जरुरी रहेको उनीहरुको भनाई छ । नगरपालिकाको समस्याका बारेमा दुई पक्षका बिचमा छलफल गरि समस्याको निकास निकाल्नका लागि जिल्ला समन्वय समितिले समेत पहल गर्न सक्ने बताइन्छ ।

सम्बन्धित समाचार

1 Comment for “कुस्मा नगरपालिकाको अबरोध बारे एमाले पर्वतको कडा प्रतिकृया – मेयरको यस्तो रबैयाले कुस्मा नगरपालिका चल्दैन”

  1. कुस्मा नगरपालिका भएको कति महिना र कति साल भयो बिकास कहाँ र कसरी भयको छ भन्ने कुरा न त्यहा का जनता लाई थाहा छ न बिदेश मा हुने पर्बत बासी दाजुभाइ तथा दिदीबहिनी हरु लाई नै थाहा छ ! जनता ले कर तिरी राखेको छ तर पनि बिकास किन भएको छैन ?

Comments are closed

भर्खरै view all

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ

मोदीका आरन व्यवसायीलाई आधुनिक औजार

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम