निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिबेदन सरकारलाई –कुन जिल्लामा कति क्षेत्र घट्यो

कुन जिल्लामा कति क्षेत्र घट्यो ?

 । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । आयोगले बुझाएको प्रतिवेदनमा १ सय ६५ संघीय र ३ सय ३० प्रादेशिक क्षेत्र निर्धारण गरिएको छ ।

९० प्रतिशत जनसंख्या र १० प्रतिशत भूगोललाई आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गरिएको आयोगले जनाएको छ । जनसंख्यालाई आधार मान्दा काठमाडौं, ललितपुर, भक्तपुर, दैलेख र अछामको भने निर्वाचन क्षेत्र यथावत नै रहेका छन् भने अरु सबै जिल्लाको सिट घट्न पुगेको छ ।

यसरी सिट घट्दा मोरङमा ९ बाट ६ निर्वाचन क्षेत्र रहेको छ । झापामा ७ बाट ५, धनुषामा पनि ७ बाट ५, सर्लाहीमा ६ बाट ५, रुपन्देहीमा ७ बाट ५ र कैलालीमा ६ बाट ५ रहेका छन् । त्यस्तै, सुनसरीमा ६ बाट ४, सप्तरीमा ६ बाट ४, सिरहामा ६ बाट ४, महोत्तरीमा ६ बाट ४, रौतहटमा ६ बाट ४, बारामा ६ बाट ४ र पर्सामा ५ बाट ४ रहेका छन्

३ निर्वाचन क्षेत्र भएको ललितपुरको क्षेत्र यथावत रहेको छ भने चितवनमा ५ बाट ३, कास्कीमा ४ बाट ३, कपिलवस्तुमा ५ बाट ३, दाङमा ५ बाट ३,बाँकेमा ४ बाट ३ र कञ्चनपुरमा ४ बाट ३ क्षेत्र भएका छन् । ३ बाट २ निर्वाचन क्षेत्र हुने जिल्लाहरुमा इलाम, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, स्याङ्जा, गुल्मी, बागलुङ, सुर्खेत, पाल्पा र बर्दिया रहेका छन् । ४ निर्वाचन क्षेत्रबाट २ मा झर्नेमा भने काभ्रेपलान्चोक र मकवानपुर रहेका छन् । दैलेख र अछामको भने यथावत रहेको छ । नवलपरासी छुट्टिएर बनेको उत्तर नवलपरासी र दक्षिण नवलपरासीमा भने २–२ निर्वाचन क्षेत्र कायम रहेका छन् ।

यसरी नै, २ बाट एक निर्वाचन क्षेत्र हुने जिल्लाहरुमा पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ,पर्वत, अर्घाखाँची, प्यूठान, रोल्पा, सल्यान, जाजरकोट, बझाङ, डोटी, डडेलधुरा, बैतडी र दार्चुला रहेका छन् ।

तेह्रथुम, सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, जुम्ला, मुगु, हुम्ला, बाजुरा, कालिकोट, पूर्व रुकुम र पश्चिम रुकुम भने एक–एक निर्वाचन क्षेत्र रहेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’