राजपालाई ओलीको जवाफ- प्रतिवादको बाटो समाउन नपरोस्

kp-oli-2-343x225काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले देशका कुनै पनि भागमा जान र चुनावी गतिविधि गर्न आफूहरुलाई कसैले रोक्न नसक्ने बताएका छन् । राजपाले जनकपुरको एमाले कार्यकर्ता भेलामा अवरोध प्रयास गरेको सन्दर्भमा ओलीले सो कुरा बताएका हुन् ।

बैंककमा स्वास्थ्य उपचार गराएर बुधबार नेपाल फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘एमाले जवाफमा त्यसैगरी ओर्लियो भने उहाँहरुको हालत के हुन्छ ? एमालेले प्रतिवादको बाटो समाउन नपरोस् भन्न हामी चाहान्छौं ।’

एमाले जिम्मेवार पार्टी भएको भन्दै उनले देशको जुनसुकै भागमा गएर कार्यक्रम गर्ने बताए । ‘देशका कुनै पनि भागमा जानबाट कसैले रोक्न सक्दैन,’ ओलीले भने, ‘कसैले रोक्न खोज्छ भने असंवैधानिक हुन्छ, गैरकानुनी हुन्छ ।’

उनले निषेधको राजनीति नगर्न पनि चेतावनी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि