हिडेरै अमेरिका पुग्ने सपनाको दर्दनाक कहानी–अमेरिकाको सपनाले छोरा र पैसा दुवै गुम्यो

Screenshot (11)म्याग्दीको धौलागिरि गाउँपालिका ताकमका पृथ्वी केसी तेज बहादुर र दिलमायाँ केसीका एक्ला छोरा थिए । विद्यालय उमेरमै विवाह गरेका केसीको एउटा छोरा र श्रीमति पनि छन् । विना जोखिम, सजिलो माध्यमबाट अमेरिका पुगिन्छ भन्ने हल्ला गाउँमा चलेपछि साथीहरू संगै केसीले पनि मोटो रकम दलाललाई बुझाएर भारत हुदै अवैध माध्यमबाट अमेरिका लागे । परिवारका सदस्यले लामो यात्रा जोखिमपुर्ण हुनसक्ने भन्दै रोक्ने प्रयास गरेपनि विश्वकै आर्कषक गन्तब्यका रुपमा चिनिएको अमेरिकामा राम्रो कमाई हुने र परिवारको भविस्य पनि बन्ने भन्दै परिवारलाई समेत आश्वस्त पारे ।

भारत, ब्राजिल, इथोपिया, बोलिभिया, पेरू, इक्वेडर, पानामा हुदै करिव १२ देशका समुन्द्र र जंगलको कठोर यात्रा परी मेक्सिकोमा पुगे । २०७० साल माघ महिनामा परिवारसंग अन्तिम भेट गरी अमेरिका तर्फ लागेका केसी मेक्सिको समुन्द्रमा नेपाली सहित विभिन्न देशका यूवाहरू सवार ढुंगा पल्टिएपछि ज्यान गुमाए । एकैपटक धेरै नेपालीले ज्यान गुमाएको घटना निकै लामो समयपछि मात्रै घरपरिवारले थाहा पाए । करिव १९ लाख रुपैयाँ नेपाली दलाललाई बुझाएरका केसीको न त शव परिवारले पाए न त पैसा ।घटना भएको बर्षो वितिसक्दा पनि अझै परिवारको आँखा रसाईरहेका छन्। अमेरिकाको सपनाले परिवारलाई नै तहसनहस बनायो । सुखी परिवारमा कालो बादल लाग्यो ।

घटनाका बारेमा फरक–फरक जानकारी आएपनि एकैपटक धेरै नेपालीले ज्यान गुमाएपनि अवैध माध्यमबाट गएकाले परिवारले कानुनी प्रक्रियामा सहभागि हुन नपाएको स्थानीयको भनाई छ । समुन्द्रमा मेक्सिको प्रहरीले नियन्त्रणको प्रयास गर्दा अनियन्त्रित भएर ढुंगा समुन्द्रमा पल्टिएको उनीसंगै गएका अर्को समुहले जानकारी गराएको समेत उनले बताए । मृतक केसीका बुवा बैदेशिक रोजगारको सिलसिलामा बराइनमा कार्यरत छन् ।

ऋण खोजेर अमेरिका उडेका केसीको बैदेशिक रोजगारमा गएका बुवाले लामो समय लगाएर तिरेका थिए । मृतकका परिवारले छोरालाई अवैध माध्यमबाट पठाउनेहरूको खोजी गरेपनि पहिचान गर्न सकेनन् । हरेक बर्ष म्याग्दीबाट ५० लाखसम्म दलाललाई बुझाएर अमेरिका जाने यूवाहरूको भिड नै देखिन्छ । काठमाण्डौमा रहेका दलालले जिल्लासम्म सञ्जाल विस्तार गरेको छ । यूवाहरूलाई खोजे बापत निश्चित रकम समेत उपलब्ध गराउने, जाने रुट सहित फोटो र सञ्चारमाध्यमसम्म नपु¥याउनेलाई दुईचार लाख सस्तो गर्ने गरेको समेत यूवाहरूको भनाई छ ।

जिल्ला तहमै आर्कषक जागीर भएकाले समेत अवैध माध्यमबाट अमेरिका जान थालेपछि आर्थिक अवस्था कमजोर भएका सहित बेरोजगार यूवाले चर्को ब्याजदर तिर्ने सर्तमा अमेरिका जाने गरेका छन् । पुरुष संगै यूवतीले समेत यो मार्ग रोज्न थालेपछि समस्या जटिल बनेको छ । बेनी नगरपालिका सहित ५ गाउँपालिकाका यूवाहरू अवैध माध्यमबाट अमेरिका जाने गरेको भएपनि ज्यानको सुरक्षाको कुनै ग्यारेन्टी छैन् । अमेरिका पुगेका यूवाले मध्यरातमा समुन्द र जंगलमा यात्रा गर्ने क्रममा धेरै बाटोमै हराउने भएपनि दलाले त्यसका बारेमा बेलेमा अमेरिका कानुनी प्रक्रियामा असहयोग गर्ने धम्की दिने गरेकाले पनि धेरै तथ्य गुमनाम हुने गरेको छ ।न्युज २४ नेपालबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’