सप्तरी पुगेर राहत बाड्यो मातृभूमीका लागि पर्वत सेवा समाज नेपालले

rahatपर्वत । मातृभूमीका लागि पर्वत सेवा समाज नेपालले सप्तरीका बाढी पीडितलाई राहत वितरण गरेको छ ।

देश तथा विदेशमा रहेका विभिन्न व्यक्ति तथा संघसंस्थाहरुसँग संकलन गरेको रकम र राहत सामाग्री लिएर तराइ झरेको मातृभूमीका पर्वत सेवा समाजले सप्तरीको पकरीमा झण्डै तीन लाख बराबरको खाद्यन्न सामाग्री तथा लत्ताकपडा वितरण गरेको हो ।

rtसंस्थाले सेतु सामुदायिक विकास तथा मानव अधिकार मञ्चको व्यवस्थापन र पर्वत सेवा समाज इजरायल शाखाको आर्थिक सहयोगमा शनिबार राहत वितरण गरेको संस्थाका सचिव अजुर्नपौडेल निर्जनले बताए । रोजगारीका लागि इजरायलमा रहेका नेपालीहरुले यस अघि बिनासकारी भूकम्पमा पनि पर्वतका भूकम्प पिडीत र अन्यत्र समेत ठुलो सहयोग गरेका थिए भने असहाय र बिरामीहरुको उपचारमा समेत सहयोग गर्दै आएका छन ।

rahat 2

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास