दुई नम्बर प्रदेशमा यसरी उम्मेदवारको टुंगो लगाउँदै छ नेपाली कांग्रेस

 

काठमाडौं– देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर दुईका उम्मेदवारको टुंगो लगाउन अझै केही समय लगाउने भएको छ ।

संविधान संसोधन विधेयक संसदबाट पास गराउने विषय र तराईका जिल्लामा आएको बाढी र डुबान समस्याले केही ढिलाई भएको भन्दै कांग्रेसले भदौ दोश्रो साता भित्र सबै उम्मेदवारको नाम टुंगो लगाउने तयारी गरेको छ ।
सोही तयारीमा पार्टीका कार्यवहाक सभापति बिमलेन्द्र निधीले सनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदेश नम्बर दुईका सांसद, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिसंग संयुक्त छलफल गरेका छन् ।
उम्मेदवारको टुंगो सहमतिबाट नै लगाउने प्रयासमा निरन्तर छलफल भईरहेको भन्दै उनले  २१ गते अगावै टुंगोमा पुगिने बताए ।
७० प्रतिशत उम्मेदवारको टुंगो लागेको र बाँकी ३० प्रतिशतमा सहमति जुटाउने प्रयास भईरहेको जानकारी दिए ।

यसअघि कांग्रेसले साउन मसान्त सम्म सबै उम्मेदवारको नाम टुंगो लगाउने बताएको थियो । कार्यवहाक सभापति निधिले प्रदेश नम्बर २ का सिरहा, सप्तरी, सर्लाही र महोत्तरीका जिल्लाको छलफल सकिएको तथा बाँकी रहेका धनुषा, बारा, पर्सा र रौतहट जिल्लाको छलफल सकेपछि उम्मेदवारीको निर्णय गरिने जानकारी दिए ।

उम्मेदवार चयन सही नभएका कारण स्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचनमा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको भन्दै पार्टी भित्रै आलोचना भएपछि कांग्रेसले यसपटक पर्याप्त छलफल गरि उम्मेदवारको टुंगो लगाउन लागेको हो ।
स्थानीय तहको तेश्रो चरण अन्र्तगत प्रदेश नम्बर २ मा आगामी असोज २ गते निर्वाचनको मिति तोकिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

संघीयता लागूपछि खारेजीमा परे दर्जन कार्यालय, करोडौंका संरचना बेवारिसे

गण्डकीको नयाँ मन्त्रिमण्डल : असमावेशी, असन्तुलित !

पर्वतमा ४ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण

बधाई दिँदै विपक्षीले देउवामाथि कटाक्ष गरेपछि…

फेरि निषेधाज्ञा होला त ?