देउवाले दिल्लीमा दिएको अभिव्यक्तिले प्रचण्ड पनि रुष्ट

सुर्खेत/ प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्न सकिने भनि भारतीयसँग प्रतिबद्धता जनाएको प्रति सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएको छ ।prachanda
उनले देउवाले चुनावपछि संविधान संशोधनको प्रस्ताव लग्न सकिने भनेर दिएको अभिव्यक्तिप्रति ईङ्गित गर्दै भने, ‘संविधानले देशका सम्पूर्ण शक्ति र समुदायको भावना समेट्नु पर्छ भन्नेमा हामी प्रष्टै छौं । तर, भर्खरै संविधान संशोधन विधेयक संसदबाट फेल भएको छ । तसर्थ, तत्काल संविधान संशोधन हुँदैन । संविधान संशोधन नेपालको आन्तरिक विषय हो, यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन ।’
माओवादी केन्द्र प्रदेश नं। ६ को प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका प्रचण्डले पत्रकार भेटघाटमा बोल्दै यस्तो बताएका हुन् ।

उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले मात्र देशमा राजनीतिक स्थीरता दिने समेत बताए ।
राष्ट्रपतिको बिकल्प नभएकाले माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका पक्षमा देशव्यापी अभियान चलाउने बताए ।
प्रचण्डले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताउँदै भने , ‘जति हारियो, हारियो, अब माओवादी यहाँभन्दा तल जाने ठाउँ छैन । माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा छ, हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’