नेतृत्व हात पार्न युवासंघमा होडबाजी, आफ्नै गुटभित्र तानातान्

nnn-nकाठमाडौ । महाधिवेशन भएको झण्डै पाँंबर्ष पछि हुन लागेको एमाले निकट् युवा संघमा नेतृत्व हात पार्न गुट भित्रै ताना तान्को अवस्था सृजना भएको छ । पार्टीको महाधिवेशनमा देखिएको गुट युवा संघको महाधिवेशनमा समेत देखिएको छ। बिशेष गरी संस्थापन पक्षमा नै तीन समूह देखा परेको छ।

युवा संघको नवौ महाधिवेशन असोज २२ देखि २४ सम्म राजधानीमा हुने भएको छ। महाधिवेशनमा २ हजार २ सय प्रतिनिधि सहभािग हुने भएका छन् । यस भन्दा अघि महाधिवेशन् नै नगरी तीन पटक अध्यक्ष परिवर्तन गरिएको थियो। तत्कालिन अध्यक्ष महेश बस्नेत मन्त्री भएपछि पदाधिकारी बैठकले निरुपाललाई अध्यक्षको जिम्मेवारी दिएको थियो। पाल पनि तत्कालिन प्रधानमन्त्री केपी ओली को जनसम्पर्क सल्लहाकार भएपछि सोही प्रक्रियाबाट राजिव पहारी अध्यक्ष भएका थिए।

नेतृत्वका लागि तानातान् 
माउ पार्टीका जस्तै युवासंघमा पनि गुटगत नेतृत्वको दावी शुरु भएको छ। तर बरिष्ठ नेता माधव नेपाल पक्षले अध्यक्षमा नरेश शाहीलाई उठाउने तयारी गरेको छ। समूह भित्र शाहीको नाममा कुनै विवाद छैन। शाहीको समूहमा हस्त शाही र क्रान्ति बुर्लाकोटी शाहीको समूहबाट पदाधिकारीमा राख्ने तयारी भएको छ । ईच्छा हुदा हुदै पनि दिलु पन्त ले उमेर हद्का कारण युवासंघबाट बिदा पाउने भएकी छन् ।

यता संस्थापन पक्षमा भने तीन समूह देखिएको छ। संस्थापन पक्षले रमेश पौडेल, किरण पौडेल र चन्द्र लामाको नाम अगाडि सारेको छ । रमेशको पक्षमा नेताहरु शंकर पोखरेल, भानुभक्त ढकाल, शेरधन राई खुलेर लागेृका छन् भने चन्द्र लामाको पक्षमा नेताहरु कर्ण थापा, दामोदर अर्याल, गोकुल बाँस्कोटा लगायतका एमालेका दोस्रो तहका नेताहरु कस्सिएरु लागेका छन् । किरण पौडेलको पक्षमा भने पूर्व मन्त्री महेश बस्नेत जोडतोडले लागेको बताईएको छ। यद्यपी यी तीन मध्य अन्तिममा रमेश पौडेलले बाजि मार्ने अनुमान गरिएको छ ।

महाधिवेशनका लागि सुखी नेपाली र सम्ब्रिद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान । राष्ट्रिय स्वाभिमान र संबिधानको पूर्ण कार्यन्वयनका पक्षमा नवौ राष्ट्रिय माहाधिबेसन भन्ने मुल नारा तय गरेको छ। तर नरशे शाही पक्षले भने त्यसमा असहमति जनाएको छ। तर यस बिषयमा भर्दौ १६ देखि बस्ने केन्दीय समितिको बैठकमा छलफल हुने बताईएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास