मतदाता नामवली संकलन कार्य सकियो, पर्वतमा झण्डै ८ हजार मतदाता थपिए

matadata-630x472
सुबास लामिछाने, भाद्र ५ /साउन १ गते देखि शुरु भएको मतदाता संकलन कार्य सकिएको छ । पहिलो चरणको स्थानिय तहको निर्बाचन पछि पर्वतमा झण्डै ८ हजार मतदाता थपिएका छन । जिल्ला निर्वाचन कार्यालयले पर्वतका सात वटै स्थानिय तहमा पुगेर मतदाता नामावली संकलन गर्ने क्रममा ७ हजार ८ सय ८९ जना मतदाता थप भएका हुन ।  पर्बतका ७ वटै स्थानिय तहमा कर्मचारी पुगेर मतदाता नामवली संकलन कार्य गरिएको थियो । पर्बतका ७ वटै स्थानिय तहमा संकलीत नामबली अनुसार ३ हजार ८ सय ३५ महिला र ४ हजार ५४ पुरुष गरी जम्मा ७ हजार ८ सय ८९ जना मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।

यसमध्ये सबैभन्दा धेरै मोदी गाउँपालिकामा नयाँ मतदाता थपिएका छन् भने सबैभन्दा कम महाशिला गाउँपालिकामा रहेका छन् । मोदी गाउँपालिकामा महिला ५ सय ४ र पुरुष ५ सय ३ गरी जम्मा १ हजार ७ जना नयाँ मतदाता थपिएका हुन भने महाशिला गाउँपालिकामा महिला १ सय ४० र पुरुष १ सय ४९ गरी जम्मा २ सय ८९ मतदाता थपिएका हुन । त्यस्तै अन्य गाउँपालिका र नगरपालिका अन्र्तगत फलेबास नगरपालिकामा महिला ४ सय ६० र पुरुष ४ सय ३ गरी ८ सय ८३ मतदाता नयाँ रहेका छन् । उता जलजला गाउँपालिकामा ८ सय ७६ जना नयाँ मतदाता रहेका छन् जसमा महिला ३ सय ९७ र पुरुष ४ सय ७९ पैयु गाउँपालिकामा ७ सय ५६ मतदाता नयाँ छन् महिला ३ सय ३० र पुरुष ४ सय २६ रहेका छन् भने बिहादी गाउँपालिकामा महिला २ सय ७४ महिला र पुरुष २ सय ९० गरी ५ सय ३७ मतदाता नयाँ थप भएको जिल्ला निर्बाचन कार्यलय पर्बतले जानकारी दिएको छ ।

निर्वाचन आयोगले देशैभरी मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुको लागि साउन १६ गतेदेखि ३२ गतेसम्म स्थानीय तहमा नै टोली खटाउने निर्णय गरेको थियो । यसअघि दुई हप्ता सम्म जिल्ला निर्बाचन कार्यलयबाट नै छुटेका मतदाताहरुको फोटो सहित विवरण संकलन गरेर मतदाता नामवली संकलन गरेपनि कार्यलयले २ हप्ता पछि कुश्मा नगरपालिका बाहेक ६ स्थानिय तहमा टोली परिचालन गरी नामवली संकलन गरेको हो ।

देशैभरी मतदाता नामवली संकलन कार्यमा देखिएको भिडभाडको सनर्दभलाई लिएर निर्बाचन कार्यलयले फेरी ३ दिनको समय राखेर नामवली संकलन गरेको थियो । पछि थप गरिएको ३ दिनको समयमा पर्बतमा झण्डै २ हजार मतदाता थपीएका छन् । गाउँमा नेपाली नागरिकता नभएका कारण मतदाता हुनबाट छुटेकाहरुका लागि स्थानिय तहमा नै पुगेर नागरिकता समेत बितरण भएको थियो । जिल्ला प्रशासन कार्यालयले मतदाता परिचयपत्र टोली संगै फलेबास नगरपालिका तथा महासिला, बिहादी, मोदी, जलजला र पैंयु गाउँपालिकामा पुगेर नागरिकता बितरण गरेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’