बिद्युत प्राधिकरणले थाल्यो अनलाइन भुक्तानी प्रणाली, अब घरमा बसी(बसी तिर्नुस् बिजुलीको बिल

nepal-electricity-authority
काठमाडौं । अब नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई महसुल तिर्न प्राधिकरणको शाखा कार्यालयमा गएर लाइन बस्नैपर्ने बाध्यता हटेको छ । घर बसीबसी अनलाइनबाटै बिद्युत महसुल तिर्न सकिने छ । इन्टरनेटमार्फत विद्युत महसुल बुझाउन सकिने सेवा प्राधिकरणले सोमबारदेखि सुरु गरेको हो । लगनखेलस्थित प्राधिकरण कार्यालयका ग्राहकले सोमबारदेखि अनलाइनबाटै भुक्तानी गर्न थालेका छन् । १५ दिनभित्र उपत्यकाका सबै ग्राहकलाई यस्तो सुविधा दिने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।
यस्तो महसुल महालक्ष्मी बिकास बैंक, ई(सेवा प्राली, प्रभु बैंक, सिएफएस रेमिट प्राली, पेप्वाइन्ट, प्राली र सिटी एक्सप्रेसका जुनसुकै शाखाबाट पनि तिर्न सकिनेछ । साथै प्राधिकरणले हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल क्लीयरिङ हाउससँग पनि सम्झौताकोे तयारी गर्दैछ । यस्तो महशुल किओस्क, पोस डिभाइस, मोबाइल एपबाट पनि तिर्न सकिने छ ।
कार्यालयबाटै मिटर रिडिङको तयारी
बैंक, मोबाइल, वालेट सर्भिस प्रोभाइडर, तथा रेमिट्यान्स कम्पनी गरी अहिलेलाई झन्डै १५ हजार शाखाबाट यस्तो महसुल तिर्न सकिने सुबिधा उपलब्ध भएको छ । यसलाई अझै बिस्तार गर्ने प्राधिकरणले जनाएको छ ।अनलाइन सेवा सुचारु गरेको जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘प्राधिकरणको शाखा कार्यालयमा लाइन लागेर महसुल तिर्नपर्ने बाध्यता अब हट्छ ।’ साथै उनले अब मिटर रिडिङका लागि मिटर रिडरलाई घर(घरमा जानैपर्ने बाध्यतालाई हटाउन लागेको जानकारी दिएका छन् । सबैतिर स्मार्ट मिटर जडान भएपछि कार्यालयबाटै मिटर रिडिङ हुने व्यवस्था पनि गर्ने मन्त्री शाहीको भनाइ छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’