बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १४३ पुग्यो

pic
काठमाडौँ गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १४३ जनाको मृत्यु भएको जनाएको छ । गृह मन्त्रालयको आइतबार साँझसम्मको तथ्याङ्क अनुसार बाढीका कारण अझै ३० जना बेपत्ता छन्। ४३ जना घाइते भएको छन्। त्यस्तै बाढी, पहिरो र डुबानबाट ७९ हजार ८१२ घरमा पूर्ण र एक लाख ४४ हजार ४४४ घरमा आंशिक क्षति पुगेको छ ।
बाढी, पहिरो तथा डुबानबाट प्रभावित जिल्लामा तीव्र गतिमा राहत वितरण भइरहेको मन्त्रालयले जनाएको छ। शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत धादिङ सदरमुकामबाट हिम्दुङ रुवीभ्यालीमा एक हजार २०० किलो राहत सामग्री पठाइएको विज्ञप्तिमा जनाइएको छ ।
नेपाल खाद्य संस्थान थापाथलीबाट खाद्य सामग्री एवं त्रिपालसमेत गरी सशस्त्र प्रहरी बलको दुईवटा ट्रकमार्फत राहत सामग्री रौतहट र पर्साको ठोरी (नौगाउँ) पठाइएको छ। त्यस्तै शनिबार नै हेटौँडास्थित क्षेत्रीय आपतकालीन गोदाम घरबाट रौतहटका लागि ५५०, महोत्तरीका लागि एक हजार ७००, सुनसरीका लागि दुई हजार तथा सिरहाका लागि दुई हजार थान त्रिपाल र दुई हजार थान कम्बल पठाइएको मन्त्रालयले जनाएको छ ।
बाढी, पहिरो र डुबानबाट प्रभावित जिल्लामा हालसम्म ५३ हजार ४५५ थान त्रिपाल, दुई हजार ६४९ थान कम्बल, तीन हजार २३२ थान मेट्रेस, दुई हजार ६४५ थान झुल, सात हजार ३१५ सेट भाँडाकुँडा र एक लाख ४२ हजार ४९३ क्विन्टल चामल वितरण गरिएको छ।
यस्तै पाँच हजार ४१८ किलो पिठो, १५ हजार २६७ किलो दाल, ७० हजार ४० किलो चिउरा, पाँच हजार १७७ थान कपडा, ९९ हजार ९६४ प्याकेट चाउचाउ, २५ हजार २१४ किलो भुजिया, २० हजार ४१ किलो दालमोठ, ५५ हजार ५४४ कार्टुन बिस्कुट, ३४ हजार ४५९ कार्टुन पानी, पाँच हजार ९०७ लिटर तेल, १२ हजार ७५ किलो नुन तथा दुई हजार ५९६ थान अन्य गैरखाद्य सामग्री वितरण गरिएको छ ।
बाढी, पहिरो र डुबानबाट मृत्यु भएका परिवार वा आफन्तलाई मन्त्रिपरिषद्बाट निर्णय भएबमोजिम प्रतिमृतक रु दुई लाख राहत वितरण भइरहेको मन्त्रालयले जनाएको छ। प्रकोपपीडित उद्धार तथा राहतसम्बन्धी मापदण्डबमोजिम घर पूर्ण वा आंशिक रुपमा क्षति भएका परिवारलाई मापदण्डबमोजिमको राहत वितरण भइरहेको छ ।
यसैबीच सरकारको स्वीकृत मापदण्ड तथा सरकारको निर्णयबमोजिम पीडितलाई राहत सामग्री खरिद गरी वितरण गर्न, मृतकका परिवारलाई आर्थिक सहायता तथा तोकिएबमोजिम राहत उपलब्ध गराउन मन्त्रालयले प्रभावित जिल्लाका जिल्ला दैवी प्रकोप उद्धार कोषमा रु नौ करोड ८५ लाख रकम निकासासमेत गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’