अर्को हप्ता देखि बागलुङ्गको बलेवा बिमानस्थलबाट उड्दैछ  हेलिकप्टर , दक्षिण एसियाकै नौलो हेलिकप्टरले उडान भर्ने

heli airकाठमाडौँ । हेली एयर नेपालले बाग्लुङको बलेवाका लागी नेपाल नागरिक उड्ययन प्राधिकरणबाट लाईट हेलिकप्टर उडानको अनुमति पाएको छ । दक्षिण एशियामै पहिलोपटक नेपालमा शुरु हुन लागेको लाईट हेलिकप्टरको उडानका लागी शुक्रबार हेली एयर नेपालले अनुमति पाएको हो । उडान अनुमतिको स्विकृत पाएको हेली एयरले बाग्लुङको बलेवा विमानस्थललाई बेस बनाएर भदौं दोस्रो सातादेखी उडान थाल्ने छ

गएको बैशाखमा दुईवटा ’लाइट’ हेलिकोप्टर ल्याएपनि हेलीएयरले उडानका लागी भने ४ महिनापछिमात्रै अनुमति पाएको हो । एकजनामात्रै बस्न मिल्ने यो हेलिकप्टरलाई बिशेषगरि पर्यटकहरुलाई सुन्दर दृश्यअवलोकनका लागी प्रयोग गर्न उदेश्यले शुरुवात गरिएपनि साँघुरो क्षेत्रमा उद्धारका लागी समेत उपयोगी हुने हेली एयरका धर्मराज बतौंलाले जानकारी दिए ।

अहिले २ वटा लाईट हेलिकप्टरमात्रै ल्याएर उडान अनुमति लिएको हेलिएयर छिट्टै थप २ वटा ठुला हेलिकप्टर ल्याउने योजनामा रहेको हेलिएयरका रोनन लामिछानेले बताए । यो हेलिकोप्टरमा एक जना मात्रै यात्रु बस्न मिल्छ । बाग्लुङको बलेवा विमानस्थललाई आधार बनाएर उडान गर्नेछ यो लाईट हेलिकप्टरबाट आन्तरिक तथा वाह्य पर्यटकलाई माउण्टेन फ्लाइट र अन्य दृश्यावलोकन मात्रै गर्न सकिने लामिछानेको भनाई छ ।

झट्ट फोटोमा हेर्दा ठुलो ड्रोन जस्तो देखिने लाईट हेलिकप्टर अत्याधुनिक प्रविधीमा आधारित भएकोले एकदमै सुरक्षित र विषम परिस्थितिमा समेत जतासुकै ल्याण्ड गर्नसक्ने छ । पश्चिमाञ्चलको पोखरा र यसआसपासमा लोकप्रिय गृहलक्ष्मी ग्याँस बिक्रेता गृहलक्ष्मी समुहका अध्यक्ष बतौंला र बेलायतको अध्ययान सकेर फर्केका स्याङजाका लामिछानेको लगानीमा नेपाल भित्राइएको फ्रान्समा निर्मित यो हेलिकप्टर दक्षिण एशियामै नौलो हेलिकप्टर भएको हेली एयरको दाबी छ । टिभीअन्नपुर्णमा समाचार छ ।

सम्बन्धित समाचार

1 Comment for “अर्को हप्ता देखि बागलुङ्गको बलेवा बिमानस्थलबाट उड्दैछ  हेलिकप्टर , दक्षिण एसियाकै नौलो हेलिकप्टरले उडान भर्ने”

  1. गणेश भुसाल

    कति जना सम्म यो हेलि मा जान मिल्छ हो?

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’