सिसेफ महिला समुहले खुबायो कारागारका महिला बन्दीलाई दर

20960970_1575405672499054_1134985376_o
सुबास लामिछाने, पर्बत भाद्र २ ÷सामाजीक क्षेत्रमा क्रियाशिल सिसेफ महिला समुहले जिल्ला कारागारमा रहेका महिला कैदी बन्दीलाई दर खुबाएको छ । शुक्रबार कारागार परिसरमै कारगारमा रहेका महिला बन्दीहरुलाई दर खुवाईएको हो ।
महिला बन्दी गृहमा महिलाहरूलाई दर खुवाउनुका साथै बन्दी महिलाहरुलाई तिजको झल्को मेटाउने काम गरेको सिसेफ महिला समुहकी अध्यक्ष ईश्वरी पाठकले बताउनुभयो ।
दर खुवाउने कार्यक्रमकका अवसरमा बोल्दै कुश्मा नगरपालिका वडा नम्बर ५ कि वडा अध्यक्ष चित्रकला भारतीले विभिन्न कारणले जेल जिवन बिताउन बाध्य भएका महिलाहरूसँग शुभकामना साटासाट गर्न र आत्मीयता बढाउन यस्ता कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । महिला बन्दीहरुलाई आफ्ना दिदीवहिनी सम्झेर दरखुवाउने कार्यक्रम राखेकामा उहाँले धन्यवाद दिनुभयो ।
सिसेफ महिला समुहले गत बर्ष पनि महिला बन्दीहरुलाई दर खुबाएर महिलाहरुको झल्को मेटाउने काम गरेको र यसलाई सधै निरन्तरता दिईरहने सचिब कामना रेग्मीले बताउनुभयो ।
पर्व मनाउन पाउनु सबैको अधिकार भएकोले बाहिर निस्केर तिज मनाउन नपाएका महिलाहरूसँग खुसि साटासाट गर्न कार्यक्रम आयोजना गरिनु फलदायि रहेको सिसेफ नेपालका अध्यक्ष थम नारायण पौडेलले बताउनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास