पर्बतमा आत्महत्याका घटना बढ्दै, साउनमा मात्रै ७ जनाले गरे आत्महत्या,

Suicide-Hanging
पर्बत,/पछिल्लो समय पर्वतमा आत्महत्याका घटना बढ्दै जान थालेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउन महिनामा मात्रै ७ जनाले आत्महत्या गरेको पाइएको छ । गत आर्थिक बर्षमा पर्वतमा ३१ जनाले देहत्याग गरेका थिए भने यस बर्ष साउनमा मात्रै ७ जनाले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमा युवा युवती देखि बृद्धबृद्धा सम्मका व्यक्तिहरु रहेका छन् । साउन महिनामा मात्रै झुण्डिएर ४ जनाले आत्महत्या गरेका छन् भने विष सेवन गरेर १ जना र हामफालेर २ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङक छ । पवृतको जलजला ७ का हिमाल परियार, फलेवास नगरपालिका १० का भासबहादुर क्षेत्री, मोदी गाउँपालिका १ का मैतलाल विक, र विहादी गाउँपालिका १ का तेजबहादुर गुरुङले झुण्डिएर आत्माहत्या गरेका थिए भने विहादी १ की शान्तिदेवी क्षेत्रीले विष सेवन गरेर आत्महत्या गरेकी हुन् ।

त्यसै गरी ललितपुर महानगरपालिका १५ की मुना राना र सुनसरी धरान उपमहानगरपालिका ११ का अंकिन गुरुङले पर्वतमा रहेको नेपालकै अग्लो कुश्मा ज्ञादी झोलुङ्गेपुलबाट हामफालेर सामुहिक आत्महत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनालले आत्महत्याका घटना गत बर्षको तुलनामा यस बर्ष अझै बढ्ने देखिएको बताउनुभयो । गत आर्थिक बर्षमा पर्वतमा ३१ जनाले देहत्याग गरेका र यस बर्ष साउनमा मात्रै ७ जनाले आत्महत्या गरेको बताउँदै खास गरी युवा युवतीहरु प्रेम र लागु औषध कै कारणबाट आत्महत्या गर्ने गरेको प्रहरी अनुसन्धानमा पाइएको उहाले बताउनुभयो । कतिपय युवायुवतीहरु प्रेममा धोका पाएपछि र प्रेम सम्बन्धमा जोडिएपछि घरपरिवारले नस्वीकार्ने र अन्तिम विकल्पका रुपमा आत्महत्यालाई रोज्ने गरेको खनालले बताउनुभयो ।

त्यस्तै बृद्धबृद्धाहरुमा कतिपय दिर्घ रोगी भएका कारण र औषधीले समेत निको नभएपछि छुटकारा पाउन आत्महत्या गर्ने गरेको पाइएको उहाले बताउनुभयो । महिलाहरुको हकमा घरेलु हिंसानै प्रमुख कारण पाइएको उहाको भनाई छ । टिनएजर्सहरुमा भने बाबु आमा सँग मागेको कुरा नपाएपछि घुक्र्याउने बहानामा आत्महत्या गर्ने गरेको पाइएको डिएसपी खनालले बताउनुभयो । विगतका बर्षहरुको तुलनामा यसबर्ष आत्महत्या गर्नेको संख्या बढ्ने देखिएको हो । विगतका बर्षहरुमा जस्तै आर्थिक बर्ष २०७१।७२ मा ३६ जनाले आत्महत्या गरेका थिए भने २०७२।७३ मा २९ र २०७३।७४ मा ३१ जनाले पर्वतमा आत्महत्या गरेका थिए । नेपालमा प्रत्येक २ घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको तथ्य सार्वजनिक भएपछि प्रहरीले पनि मुलुकभर आत्महत्या गर्नेको संख्या बढिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि