पञ्चेबाजा लोप हुने खतरा बढ्दै

downloadप्रकाश विद्रोही, भाद्र १ /नेपाली समाजमा अति नै लोकप्रिय रहेको पञ्चेबाजा लोप हुने खतरा बढ्दै गएको छ । बाजा बजाउन पोख्त मानिने पहिलो पुस्ताका मानिसहरु क्रमशः बुढ्यौलीतर्फ प्रवेश गर्नु र नयाँ पुस्ताका युवाहरु वैदेशिक रोजगारप्रति आकर्षित हुनुले पञ्चेबाजा लोप हुन सक्ने खतरा बढेको हो ।
स्थानीय संघसंस्था तथा नेपाल सरकारले समेत बाजा संरक्षणका नाममा थुप्रै लगानी गरेजस्तो गरेतापनि वास्तविक रुपमा बाजा संरक्षण भन्दा मिडियाबाजी बढी हुने गरेको बाजा बनाउने समूहको गुनासो रहँदै आएको छ । जिल्लाको कुश्मा नगरपालिका वडा नं. १२ (साबिक ठुलीपोखरी गाउँ बिकास समिति) मा रहेका पञ्चेबाजाका समूहनै लोप हुने खतरा बढेको बढ्दै गएको छ । दर्जी (परियार) समुदायको पुर्खौली पेशाको रूपमा रहेको पञ्चेबाजा बजाउने कामप्रति सोही समुदायका नयाँ पुस्ताको त्यति आकर्षण देखिँदैन । सरकारले संरक्षणको नारा अलापे पनि चाहिने जति ध्यान नदिँदा पञ्चेबाजा लोप हुने अवस्थामा पुगेको हो ।

बाजा बजाएर मात्रै जीविका चलाउन मुस्किल भए पछि नयाँ पुस्ता अन्य पेशा अँगाल्न तथा विदेश जान बाध्य भएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने प्रचलन बढेसँगै पञ्चेबाजा बजाउने कामप्रति युवाको चासो घट्दै गएको ६५ बर्षिय कर्नाल बादक बल बहादुर परियारले बताए । पञ्चेबाजा संरक्षणमा राज्यले खासै चासो नदिएता पनि अहिलेसम्म त आफू बृद्धबृद्धहरुले बजाएर भए पनि संस्कृति धानेको तर आफूहरु पछि भने यहाँ बाजा नबज्ने उनको आंकलन छ ।

आर्थिक बर्ष २०७३÷०७४ मा गाउँ विकास समितिबाट बञ्चेबाजा मर्मतका लागि रु २० हजार बजेट बिनियोजन गरे पनि त्यो पर्याप्त नरहेको उनले गुनासो गरे । पञ्चेबाजा विशेषगरी बिबाह, ब्रतबन्ध, चौरासी पुजा, पञ्चबली दिँदा, सप्ताह लगायत अन्य धार्मिक कर्मकाण्डमा बजाउने प्रचलन रहिआएको छ । पञ्चेबाजामा दमाहा, झ्याली, सहनाई, ट्याम्को, र नर्सिङ गरी जम्मा पाँच प्रकारका बाजाहरु पर्दछन् तर पञ्चैबाजासँग कर्नाल र ढोलक पनि बजाउने गरेको पाइन्छ । राज्यले मौलिक संकृतिको संरक्षणमा ध्यान नदिएकोप्रती स्थानीयबासी चिन्तित बनेका छन् ।

आज भन्दा करिब १५ बर्ष पहिला गाउँमा ३ वटा पञ्चेबाजा समूहरहे पनि अहिले एउटा समूह पनि पूर्ण बन्न नसकेर छिमेकी वडा (साबिकको खौला लाँकुरी गाविस) का बाद्यबादकसँग सहकार्य गरेर बाजा बजाइरहेको चर्चित सनई बादक शिवलाल परियारले बताए । ‘हामीमा भएको सीप हामीले हाम्रा छोरा नातिलाई हस्तान्तरण गर्न चाहन्छाँै तर सिक्न कसैले खोज्दैनन् ।’ राज्यले पनि युवाहरूलाई यो पेशाप्रति आकर्षित गरी संस्कृति जगेर्ना गर्न कुनै पहल गरेको छैन ।’–परियारले भने ।

हाल ठुलीपोखरीमा दर्जी समुदायका ४० घर परिवार बसोबास गर्ने भए पनि अधिकांश युवा वैदेशिक रोजगारिमा गएका कारण बाद्यबादन कला हस्तान्तरण गर्न अफ्ट्यारो परेको हो । कतिपय ठाँउमा पञ्चेबाजा बजाउने क्रममा आफूहरुले असुरक्षित महसुस गर्ने गरेको पनि उनीहरुको गुनासो रहेको छ । आफूहरु लाई परिचयपत्रको व्यवस्था गर्न पनि सम्बन्धित निकायसँग उनीहरुको माग रहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’