तीन दलको निर्णयः प्रदेश र संघको चुनाव मंसिर दोस्रो साता

3-Party-Meeting

 काठमाडौं । प्रमुख तीन दल प्रदेशसभा र संघीय संसदको चुनाव एकैपटक मंसिर दोस्रो साताभित्र गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रदेशसभा र संघीय संसदको चुनाव एकैपटक गर्ने सहमति जुटेको हो । ‘मंसिरको दोस्रो साताभित्र चुनाव गर्ने सहमति भएको छ,’ माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘भोलि निर्वाचन आयोगसँग छलफल हुन्छ ।’

निर्वाचन आयोगले प्रदेशसभा र संघीय संसदको चुनाव एकैपटक गर्न कठिन भएको बताउँदै आएको छ । पछिल्ला छलफलहरुमा आयोगका पदाधिकारीहरुले विद्युतीय भोटिङ मेसिन प्रयोग वा प्रत्यक्ष मतलाई नै समानुपातिक मान्ने हो भने मात्र दुबै चुनाव एकैपटक गर्न सकिने बताएको छ ।

तर, दलहरु दुबै चुनाव एकैपटक गर्ने पक्षमा छन् । यसका लागि दुई वटा मतपत्र बनाउन सकिने दलहरुको तर्क छ । नेताहरुका अनुसार प्रत्यक्षतर्फ संघीय संसद र प्रदेशसभाका लागि एउटा मतपत्र बनाउन सकिनेछ, जसमा दुई ठाउँमा स्वस्तिक छाप लगाउने व्यवस्था गर्न सकिनेछ । समानुपातिकका लागि संघीय संसद र प्रदेशसभाका लागि एक ठाउँमा मत दिने व्यवस्था गर्न सकिनेछ ।

बिहीबार तीन दलका शीर्ष नेताहरुले निर्वाचन आयोगसँग छलफल गर्नेछन् र सम्भवतः मंसिर १०र११ मा चुनाव हुनेछ ।

संशोधनमाथि ४ गते भोटिङ

बालुवाटारमा बसेको तीन दलको बैठकमा संविधान संशोधन विधेयकलाई अघि बढाउने सहमति पनि जुटेको छ ।

सम्भवत ४ गते संसदमा भोटिङ हुनेछ । स्रोतले भन्यो, ‘आज भोलि नै गरौं भन्ने कुरा पनि आएको छ । तर, सम्भवतः ४ गते भोटिङ हुन्छ ।’

संविधान संशोधन विधेयकमा परेका संशोधनहरु निर्णयार्थ पेश भएपछि संशोधनको मुल विधेयकमाथि मतदान हुनेछ । संशोधन पास हुन दुई तिहाई बहुमत चाहिन्छ, जुन अहिलेसम्म देखिएको छैन ।

यद्यपि राष्ट्रिय जनता पार्टी संशोधन विधेयक पास(फेल जे भएपनि चुनावमा जान तयार देखिएको छ ।

बालुवाटार बैठकमा बाढी प्रभावितहरुको उद्दार तथा राहतलाई प्रभावकारी बनाउनेबारे पनि छलफल भएको छ । सबै एकजुट भएर राहत तथा उद्दारलाई तीव्रता दिन दलहरु सहमत भएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि