कालीगण्डकी नदी किनारका क्रसर उद्योगलाई छुट्टै मापदण्ड बनाउन माग

बर्षातमा बालुवा निकाल्दा असर पर्दैन –ब्यबसायी

IMG_4291
सुबास लामिछाने, पर्वत
चुरे क्षेत्रमा क्रसर उद्योगले नदी र अन्य बस्तीमा गरेको अनाधिकृत दोहनका कारण वातावरणमा ठुलो असर परेको भनेर नियन्त्रणको काम भैरहेको छ । चुरे क्षेत्रलाई लक्षित गरेर सरकारले पनि पटक पटक क्रसर उद्योग बन्द गराउने वा नयाँ नयाँ मापदण्ड बनाएर नियमन गरिरहेको बेला कालीगण्डकी नदी किनारमा सञ्चालन हुने क्रसर उद्योगले पर्यावरणमा असर नपर्ने भन्दै नयाँ मापदण्डका आधारमा निर्वाध चलाउन पाउनुपर्ने माग अघि सारेका छन ।
कालीगण्डकी नदीमा बर्षातको समयमा प्रशस्त मात्रामा बालुवा बगेर आउने भएकाले उत्खनन गर्दा कुनै समस्या नआउने भन्दै यसका लागि छुट्टै मापदण्ड बनाउन ब्यबसायीले माग गरेका हुन ।
कालीगण्डकी नदीमा बर्षातको समयमा पानीमा ठुलो मात्रामा बालुवा र गिटी बगेर आउने गरेको छ । यसरी बगेर आएको बालुवा निकाल्दा नदी वरपरको सतह घट्ने अवस्था नआउने र केही क्षणमा नै बालुवा र गिटीले खनेका खाल्टा समेत भरिने भएकाले उत्खनन गर्न दिनुपर्ने माग ब्यबसायीको छ । सरकारले असार देखि भदौ मसान्त सम्म नदीजन्य पर्दाथको उत्खननमा रोक लगाएको छ । तर कालीगण्डकी नदीमा हिउँदामा भन्दा बर्षामा राम्रो गुणस्तरको बालुवा पाईने भएकाले यो नियम कालीगण्डकी नदीको हकमा भने लागु गर्न नहुने धारणा ब्यबसायीहरुले ब्यक्त गरेका छन ।
जलजला गाउँपालिका वडा नं २ मा सञ्चालित ओम श्री दक्षिणमकाली क्रसर उद्योगका सञ्चालक बिप्लब हमालले पहाड र तराई तथा चुरे क्षेत्रमा क्रसर उद्योग सञ्चालन गर्ने एउटै निति बनाएर आफुँहरुलाई मर्कामा पारेको आरोप लगाउँछन । पहाडमा बग्ने नदीहरुमा प्रशस्त मात्रामा बालुवा र ढुंगा बगेर आउने हुँदा हिउँदमा निकाल्ने र बर्षामा फेरी पुरिने भएकाले वातावरणमा कुनै असर नपर्ने उहाको दाबी छ । ‘चुरेलाई हेरेर पहाडमा बग्ने नदीमा एउटै कानुन बनाउँदा समस्या भएको हो’ उनले भने ‘यस्तो समस्यालाई स्थानिय आवश्यकता र त्यसले पर्यावरणमा असर पार्छ की पार्दैन भन्ने आधारमा निराकरण गर्नुपर्छ’ । क्रसर उद्योगका लागि लागु गरिएको नयाँ मापदण्ड अदुरदर्शी र पुर्बाग्रही रहेको भन्दै हमालले पहाडमा क्रसर बन्द गर्दा सबै बिकास निर्माणका काम देखि ब्यक्तिगत घर निर्माणका काम समेत बन्द हुन पुग्ने र पहाडमा छुट्टै मापदण्ड बनाउन आग्रह समेत गर्नुभयो ।
सरकारले क्रसर उद्योग सञ्चालन गर्नका लागि नदी र राजमार्गबाट ५ सय मिटरको दुरीमा हुनुपर्ने, वनबाट २ किलोमिटर टाढा हुनुपर्ने, क्रसर उद्योगको सबै क्षेत्र टिनको छानो भित्र हुनुपर्ने, वरपर हरियाली बनाउनु पर्ने, उत्पादनका क्रममा निस्केको फोहोर नदीमा फाल्न नपाईने लगायतका मापदण्ड तोकेको छ । यी मध्ये कतिपय मापदण्ड भने सो क्रसर उद्योगले भने पुरा गरेको पाईएको छ । पछिल्लो समयमा स्थानिय स्तरमा मापदण्ड बनाएर पनि क्रसर उद्योग सञ्चालन गर्न भनिएको पनि छ । म्याग्दी, पर्वत र बागलुङ्ग भएर बग्ने कालीगण्डकी नदी किनारमा यस्तो मापदण्ड पुरा गरेका केही क्रसर छन भने अन्य क्रसरले नयाँ मापदण्ड बनाएर अनुमति दिनुपर्ने माग अघि सार्दै आएका छन ।
क्रसर उद्योगले उत्पादन र बिक्री बन्द गर्दा धौलागिरी अञ्चलमा सञ्चालित राष्ट्रिय गौरबका योजना देखि सर्वसाधरणका घर निर्माणका काम समेत प्रभाबित बन्ने उहाको भनाई छ । धौलागिरी अञ्चलमा राहुघाट, तल्लो मोदी लगायत आधा दर्जन भन्दा बढी जलबिद्युत आयोजनाहरु निर्माणाधिन अबस्थामा छन भने मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण कालीगण्डकी लोकमार्ग, कालीगण्डकी करिडोर जस्ता राष्ट्रिय लोकमार्ग निर्माणका काम समेत रहेका छन् ।
यसो भन्छन स्थानियबासीहरु
जिल्लाको जलजला गाउँपालिकामा सञ्चालित दक्षिणाकाली क्रसर उद्योगबाट उत्पादित ढुङ्गा गिटी बालुबाको कारण स्थानियले राहात पाएको धारणा राखेका छन । सरकारले तोकेको मापदण्ड पुरा उद्योग सञ्चालनमा आएको र यहाँ उत्पादित ढुङ्गा गिटी बालुबा सडक, भबन निमाणर््ा तथा अन्य कामको लागि प्रयोग हुदै आएको उनीहरुको भनाई छ । स्थानिय बासी हरेमबहादुर खत्रीका अनुसार मापदण्ड पुरा गरी सञ्चालित सो उद्योग बाट उत्पादित सामाग्रीले अहिले जलजला गाउँपालिका मात्र नभएर अन्य ठाउँमा निमार्णधिन भबन सडक लगायतमा उपयोग हुदै आएको छ । उहाले नदीमा बगेर जाने चिजलाई सदुपयोग गरि क्रसरले राम्रो काम गरेको भन्दै यस्तो राम्रो कामलाई सरकारले पनि सही सदुपयोग गर्ने जान्नु पर्ने बताउनुभयो । उहाँ मात्र नभएर क्रसर उद्योग आसपासका धेरै स्थानियहरु सो क्रसर बाट लाभान्बित भएका छन् । अर्का स्थानिय देब गिरीले पनि २०६७ सालबाट सञ्चालनमा आएको क्रसर उद्योगले आसपासमा रहेका छिमेकीहरुलाई सहयोग पुर्याउँदै आएको बताउनुभयो । उद्योगके कारण आसपासका छिमेकी मात्र नभएर सयौ मजदुरहरुलाई रोजगार दिन सफल भएको भन्दै क्रसरको लागि आफु सधै सकरात्मक रुपमानै हेर्ने गरेको बताउनुभयो ।
समाप्त साउन ३२

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’