युवाहरुलाई निशुल्क मोटरसाइकल मर्मत तालिम

20839381_465369613834124_965594978_nसाजन परियार,पर्वत ।बेरोजगार युवाहरुलाई सीप मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा छ महिने मोटरसाईकल मर्मत तालिम शुरु भएको छ ।

राष्ट्रिय जागरण युवा समाज खानीगाउँको व्यवस्थापन तथा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पर्वत र फलेवास नगरपालिकाकोे आर्थिक सहयोगमा तालिम शुरु भएको हो । तालिमको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

तालिमको उद्घाटन गदै फलेवास नगरपालिका–५ खानीगाउँका वडा अध्यक्ष दिपक पौडेलले तालिमलाई व्यवहारमा उतार्न सके युवा विदेशीन रोकी आत्मनिर्भर हुने बताए ।

कार्यक्रममा फलेवास नगरपालिका– ६ देविस्थानका वडा अध्यक्ष भोलानाथ भुषालले सिप सिकेर स्वरोजगार बन्न सुझाव दिनुभयो । कार्यक्रममा नेकपा एमाले वडा कमिटि खानीगाउँका अध्यक्ष नारायण लामिछाने, माओवादी केन्द्रका कुमारी सुनार, कृषि सेवा केँद्र फलेवासका प्रमुख ढाकाराम सापकोटा लगायले बोल्नुभएको थियो ।

तालिममा फलेवास नगरपालिका २० जना युवाहरुको सहभागिता रहेको थियो । छ महिनासम्म संचालन हुने तालिमको सहजिकरण जन्नु महतोले गर्नुहुने छ ।

राष्ट्रिय जागरण युवा समाज खानीगाउँका अध्यक्ष लकास सुवेदीको अध्यक्षतामा सम्पन्न भएको तालिममा स्वागत मन्तव्य समाजका सदस्य विनोद रेग्मी र कार्यक्रको संचालन समाजका सचिव विक्रम जिसीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’