रोनाल्डोलाई रातो कार्ड, रियलद्वारा बार्सिलोना पराजित

काठमाडौं । बार्सिलोनाविरुद्धको स्पेनिस सुपर कपको पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ । आइतबार राति भएको पहिलो लेगमा रियल मड्रिडले बार्सिलोनालाई ३ – १ ले पराजित गरेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा १० खेलाडीमा सिमित रियललाई जित दिलाउन क्रिष्टियानो रोनाल्डो र  मार्को एसेन्सियोले समान एक एक गोल गर्दा एक गोल आत्मघाती पाएको थियो । बार्सिलोनाका लागि लियोनल मेस्सीले एक गोल फर्काए । दोस्रो लेग रियलको मैदान सान्टियागो बर्नाबाउमा हुने छ ।

क्याम्प नोउमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरुवातमै रियलले अग्रता बनाएको थियो  । मार्सेलोको क्रस बल क्लियर गर्ने क्रममा बार्सिलोनाका जेरार्ड पिकेले आफ्नै पोष्टतर्फ गोल गरेपच्ची रियलले अग्रता बनाएको थियो । तर, खेलको ७७ औं मिनेटमा गोलरक्षक कलर नाभासले बार्सिलोनाका फरवार्ड लुइस स्वारेजलाई लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।

खेलको ८०औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै रियललाई २ – १ को अग्रता दिलाए । त्यसको १ मिनेट नबित्दै अनावश्यक डाइभ हानेको कारण रोनाल्डोले दोस्रो पहेलो कार्ड पाउदै रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटियो । त्यसअघि रोनाल्डोले गोलको खुशी मनाउने क्रममा जर्सी उतारेपछि पहेंलो कार्ड पाइसकेका थिए । तर, खेलको ९० औं मिनेटमा एसेन्सियोले गोल गर्दै पहिलो लेगमा रियललाई ३ – १ को जित दिलाए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’