बाढी पहिरोले सात वर्षमा गयो २५ सयको ज्यान

 काठमाडौं । प्राकृतिक प्रकोपबाट सात वर्षमा अढाइ हजारभन्दा बढीको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार, बाढीपहिरोबाट मृत्यु हुनेको संख्या पछिल्ला वर्षहरुमा उस्तै अनुपातमा छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार विगत सात वर्षमा बाढीपहिरोबाट दुई हजार पाँच सय ११ को मृत्यु भएको छ भने ६ सय ६९ बेपत्ता भएका छन् । सोही अवधिमा ३ हजार ३ सय ६३ जना घाइते भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सरकारले प्राकृतिक प्रकोप न्यूनीकरणका लागि गरेको खर्च निस्प्रभावी देखिएको छ । यस वर्षको वैशाखदेखि १० साउनसम्म १ सय ५५ को मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ

मोदीका आरन व्यवसायीलाई आधुनिक औजार

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम