पहिरोले म्याग्दीका चार लघुजलविद्युत् परियोजना बन्द

mustang districtम्याग्दी । केही दिनदेखिको अविरल वर्षासँगैको पहिरोका कारण म्याग्दीका चारवटा लघुजलविद्युत् परियोजना बन्द भएका छन् ।

दुर्गम ग्रामीण बस्तीमा विद्युत् सेवा पुर्याउँदै आएका परियोजना बन्द हुँदा धौलागिरि र मालिका गाउँपालिकाका एक हजार ५०० घरधुरी प्रभावित भएका छन् । पहिरोले बाटो र बाढीले झोलुङ्गे पुल बगाएपछि दुई गाउँ जोड्ने पैदलमार्गसमेत अवरुद्ध बनेको छ ।

पहिरोले विद्युत्गृहमा क्षति पु¥याएपछि मालिका गाउँपालिका–१ मा रहेको ५१ किलोवाट क्षमताको रुमखोला र रूख ढलेर नहर भत्किएपछि सोही गाउँपालिका–४ ओखरबोटमा रहेको ३० किलोवाट क्षमताको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएका छन् ।

दरवाङ–निस्कोट सडकबाट खसेको पहिरो विद्युत्गृहमा पसेर उपकरणमा क्षति पुर्याएपछि रुमखोला लघुजलविद्युत् परियोजना बन्द हुँदा निस्कोट, रुम, ओखरबोट, देविस्थान र दरवाङका सात सय घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका छन् ।

दाजुङखोला लघुजलविद्युत् परियोजनाको सय मिटर नहर भत्किएर विद्युत् उत्पादन बन्द हुँदा ओखरबोट, च्युरीबोट, महभिर, इग्रेका तीन सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । धौलागिरि गाउँपालिका–२ लमसुङमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको पाइपलाइन पहिरोले बगाएपछि बन्द भएको छ ।

आर्थिक अभाव र निरन्तर पहिरो खसिरहेकाले परियोजना मर्मत गर्न नसकिँदा लुलाङ, लमसुङ र खोरिया गाउँका ३५० घरधुरी उज्यालोका लागि टुकी बाल्न बाध्य भएका परियोजनाका अध्यक्ष कृष्ण गौचनले बताए ।

यसैगरी, धौलागिरि गाउँपालिका–६ मराङमा रहेको ३० किलोवाट क्षमताको मराङखोला लघुजलविद्युत् परियोजना पनि बन्द भएको छ । मराङको कोट भन्ने ठाउँबाट खसेको पहिरोले मराङ ठूलोखोला थुनिएपछि आएको बाढीले मुहानमा रहेको सय मिटर नहर बगाएपछि परियोजना बन्द भएको वडा सदस्य लोकबहादुर पुनले बताए । सो परियोजना बन्द हुँदा तीन सय घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका छन् ।

सोही पहिरोले मराङ हुँदै धौलागिरि गाउँपालिका–५ मल्कवाङ जाने पैदलमार्ग बगाएपछि मल्कवाङ र कुइने गाउँ पैदलमार्गबाट सम्र्पक विच्छेद भएको छ । मल्कवाङका २५० र कुइनेका डेढ सय घरधुरी जंगल र भिरमा जोखिमपूर्ण तवरले डेढ घण्टा घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयवासी दलमान छन्त्यालले बताए ।

खच्चरसमेत जान नसकेकाले खाद्यान्न र दैनिक उपभोग्य सामान ढुवानी हुन सकेको छैन । यस्तै, धौलागिरि गाउँपालिका–४ बगरा र सिम्कोस गाउँ जोड्ने म्याग्दी नदी माथिको झोलुङ्गे पुल बाढीले बगाएपछि आवत जावत बन्द भएको छ । सिम्कोस गाउँका दश घरधुरीका बालबालिका पुल नहुँदा विद्यालय जानबाट वञ्चित भएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास