दीपलक्ष्मी सहकारीको दरखाने कार्यक्रम सम्पन्न

diplaxmi darरोशन तिवारी, पर्वत- महिलाहरुले केहि गर्न सक्दैनन भन्ने सोच अहिले आएर परिवर्तन भैसकेको एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । दीपलक्ष्मी महिला सहकारी संस्था लिमिटेड कुश्माले आज आयोजना गरेको दरखाने कार्यक्रम तथा तिजको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वक्ताहरुले महिलाहरुलाई कमजोर ठान्नेहरु निरुत्साहित भैसकेको वताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी व्यवस्थापिका संसद सदस्य कल्पना चापागाईले सामाजिक अभियान्ताका रुपमा महिलाहरुले अहिले देशमा ठुला ठुला काम गरिरहेकाले महिलाहरु अव कमजोर नरहेको चर्चा गर्नुभयो । उहाँले सोच कमजोर हुनेले मात्र महिलालाई कमजोर ठान्ने गरेको जिकिर गर्नुभयो ।

महिलाहरुले कुश्मामा सञ्चालन गरेको सहकारी दीपलक्ष्मी सहकारीले महिलाहरुलाई आफैँ सक्षम वन्नुपर्छ भन्ने सन्देश जिल्लाभर पु¥याउन सफल भएकोमा धन्यवाद दिनुभयो । तिजको मर्म पुस्ता फेरिएसंगै थुप्रै परिवर्तन आईरहेको उल्लेख गर्दै साँसद चापागाईले सकारात्मक कुरालाई अनुसरण गर्ने रdiplaxmi dar 2

सहकारीका अध्यक्ष दुर्गा पाण्डे पन्तले २ वर्षअगाडी सञ्चालन भएको सहकारी महिलाहरुकै सोच र व्यवस्थापनमा सञ्चालन भई अहिले १ करोड वरावर सेयरपुजीँ वनाउन सफल भएको जानकारी दिनुभयो । उहाँले सहकारीले ऋण र वचतको मात्रै काम नगरि सामाजिक अभियान, सहयोगका कार्यक्रम पनि चलाएको हुनाले उदाहरणिय वन्न सफल भएको वताउनुभयो ।

कार्यक्रममा महिला नेता कमला पन्त, व्रह्मकुमारी विश्वविद्यालय कुश्माका सञ्चालक राधिका दिदि, नारी वचत तथा सहकारीकी अध्यक्ष तुप्ला शाक्य, जिल्ला अस्पताल विकास समितिका अध्यक्ष राधा कुँवर क्षेत्री, लायन्स क्लव अफ कुश्मा सिटीका अध्यक्ष रिता क्षेत्री भण्डारी, राष्ट्रिय उपभोक्ता मञ्चकी अध्यक्ष सरिता भण्डारी सरु, सञ्चारिका समुह पर्वतकी अध्यक्ष माया अधिकारी, पत्रकार रोशन तिवारी, सहकारीकी शेयर सदस्य उषा अधिकारी लगायतले वोल्दै सहकारीले तिजको अवसरमा आयोजना गरेको कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।

तिजको अवसरमा शुभकामना आदान प्रदान सहित दरखाने कार्यक्रमको अध्यक्षता दीपलक्ष्मी महिला सहकारी संस्थाकी अध्यक्ष दुर्गा पाण्डे पन्तले गर्नुभएको थियो भने स्वागत सदस्य अजिता शर्माले गर्नुभएको थियो । संस्थाको अवस्थाको वारेमा कोषाध्यक्ष माया गिरीले जानकारी दिनुभएको कार्यक्रमको सञ्चालक संस्थाकी सचिव चन्दा पौडेल क्षेत्रीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’