तराईमा २५ वर्षयताकै ठूलो बाढी, डुवान र विपत्ति

काठमाडौं २९ साउन– केहीदिन देखिको अविरल बर्षाका कारण तराईका अधिकांश जिल्ला बाढी र डुवानको चपेटामा परेका छन् । बाढी पहिरोका कारण शनिवारदेखि आइतवार दिउँसोसम्म ५१ जना भन्दा बढीको मृत्यु भएको छ । गृह मन्त्रालयले आइतवार विहान १० बजेसम्म ५१ जनाको मृत्यु भएको जनाएको छ ।

बाढीका कारण तराईका अधिकाशं जिल्ला प्रभावित बनेका छन् । भारतसँगको सीमावर्ती क्षेत्रका अधिकाशं गाउँ डुवानमा परेका छन् । पूर्वको झापा, मोरङ र सुनसरी तथा कोशि पश्चिमका सप्तरी र सिराहा डुवानमा परेका छन् ।
डुवानका कारण विराटनगर विमानस्थल जममग्न बनेको छ । जसका कारण हवाइ सेवा अबरुद्ध बनेको छ ।

सुनसरीको इनरुवा डुवानमा परेको छ । बाढीका कारण सुनसरीमा पूर्व पश्चिम राजमार्ग समेत अबरुद्ध बनेको छ ।
रौतहटका दक्षिणी भेग डुवानमा परेको छ भन पर्साको वीरगञ्ज लगायतका क्षेत्र डुवानमा परेका छन् ।

रौतहटमा सडकको खाल्डोमा जिप डुव्दा गर्भवती महिला सहित ६ जनाको मृत्यु भएको छ । डुवानका कारण वीरगञ्ज–रक्सौलको जनजीवन र व्यापार व्यवसाय प्रभावित भएको छ ।

बाढीका कारण चितवनको पर्यटकीय क्षेत्र सौराहा डुवानमा परेको छ । राप्ती र बूढीराप्ति खोलामा आएको बाढी बजारमा पसेपछि सौराहा डुवानमा परेको हो । डुवानका कारण सौराहामा रहेका पर्यटकको विचल्ली भएको छ ।

मकवानपुरको मनोहरी क्षेत्रपनि डुवानमा परेको छ । पश्चिमको दाङमा पनि बाढीका कारण तीन जनाको मृत्यु भएको छ । बाँके र बर्दियाका विभिन्न क्षेत्रपनि डुवानमा परेका छन् ।

स्थानीय जनप्रतिनिधिहरुले तराइका जिल्लामा विसं २०४९ साल यताकै ठूलो बाढी आएको बताएका छन् । बाढी पीडितको राहात र उद्धारका लागि सुरक्षाकर्मीको परिचालन गरिएको छ ।

डुवानमा परेका क्षेत्रका सर्वसाधारण नागरिक नजिकैका अग्ला भवनमा बसेका छन् । बृद्ध, विरामी र बालबालिकामा चिसोको संक्रमण सुरु भएको ती स्थानका जनप्रतिनिधिहरुले जनाएका छन् ।

भारतले सीमावर्ती क्षेत्रमा बनाएका बाधका कारण नेपाल तर्फको भूमि डुवानमा परेको हो ।

प्रधानमन्त्री शेरबहादु देउवाले बाढी र पहिरो पीडितको उद्धारमा जुट्न सुरक्षा निकाय सहित सर्वसाधारणलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि