पर्वत जेसीजबाट तीन युवा सम्मानित

jesis saptaha suruपर्वत । युवाहरुको नेतृत्व र ब्यत्तित्व बिकासमा क्रियाशिल पर्वत जेसिजबाट तीन युवाहरु सम्मानित भएका छन । ।
पर्वत जेसिज सप्ताहको अवसर पारेर बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका युवाहरु सम्मानित भएका हुन । न
सम्मानित हुनेहरुमा युवा कवि तथा साहित्यकार आर. के आदित्य गिरी,चित्रकार तथा मुर्तिकार प्रकाश नेपाली र युवा खेलाडी प्रेमकुमार गुरुङ रहेका छन । गिरीलाई साहित्य क्षेत्रमा योगदान पु¥याए वापत सम्मान गरिएको हो । त्यस्तै नेपालीलाई कला क्षेत्रमा योगदान गरेवापत सम्मान गरिएको हो,भने गुरुङलाई खेलक्षेत्रमा योगदान पु¥याए वापत सम्मान गरिएको हो ।
उहाँहरुलाई व्यवस्थापिका साँसद सदस्य अर्जुनप्रसाद जोशी, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र उपप्रमुख सिता काफ्ले लामिछानेले सम्मान गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै व्यवस्थापिका साँसद सदस्य अर्जुनप्रसाद जोशीले मुलुकको राष्ट्रियतालाई संवद्धन गर्न र भष्टाचार मुक्त समाज बनाउन युवा नेतृत्वको आवश्यक रहेको बताउनु भयो । उहाँले देशलाई समृद्धिको यात्रामा अगडी बढाउनका लागि पुरानो पुस्ताको सीप, अनुभव र युवा पुस्ताको जोश, जाँगर र आत्मविश्वासलाई विष्पोट गर्नुपर्ने धारण राख्नुभयो । कार्यक्रममा कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले युवाहरुको नेतृत्वलाई अगडी बढाउन सके युवाहरुको जोश र जागरले देश विकास चाँडै हुने बताउनु भयो । उहाँले समाज परिर्वतनमा युवाहरुले मात्र परिर्वतन ल्याउन सक्ने दावी गर्नुभयो । देश विकासका लागि युवाहरले पहल गरे आर्थिक उपार्जनका क्षेत्रमा फड्को मार्न सकिने बताउनु भयो ।

पर्वत जसिजका अध्यक्ष प्रेम गुरुङ‘अशोक’ को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जेसिज अध्यक्ष क्लवका अध्यक्ष रविकुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक मन्जु सिलाकार र कार्यक्रमको उद्देश्य माथि कार्यक्रमका मुल संयोजक सुमन श्रेष्ठले प्रकाश पानुभएको थियो । कार्यक्रमको सञ्चालन पर्वत जेसिजका महासचिव हिमाल केसीले गर्नुभएको थियो । जेसिज सप्ताह बिभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास