नेपालमा यसरी फैलदै छ क्रिस्चियानिटी , क्रिस्चियन फैलिएकोमा मिसनेरीहरू सन्तुष्ट

काठमाडौं/मिसन नेटवर्क न्युज नामक वेबसाइटमा एलेक्स अनहल्ट नामक लेखकले नेपालमा क्रिस्चियानिटी फैलिएको भन्दै सन्तुष्टि व्यक्त गरेर लेख छपाएका छन् ।


‘फाइन्डिङ फ्रीडम अफ रिलिजन इन नेपाल’ शीर्षकको उक्त लेख साउन २४ गते प्रकाशित भएको हो ।

लेखमा बाइबल्स फर द वर्ल्डका अध्यक्ष जोन पुडाइटलाई उद्धृत गर्दै लेखिएको छ, ‘नेपालमा अन्य देशको तुलनामा क्रिस्चियानिटी सबभन्दा तीव्र गतिमा फैलिरहेको छ । क्रिस्चियनहरूको संख्या वर्षको १० प्रतिशतले बढेको छ र हामी नेपालमा प्रभुले गर्नुभएको कामको हिस्सा बन्न पाउँदा कृतकृत्य छौं ।’

किन अहिले यसरी आध्यात्मिक वृद्धि भयो त ? पुडाइटका अनुसार राजनीतिका कारण यसो भएको हो ।

‘शताब्दियौंदेखि नेपालमा कठोर राजतन्त्र थियो र देश लोकतान्त्रिक भएपछि संविधान बन्यो अनि मानिसहरूले अचानक कुन धर्ममा विश्वास गर्ने भन्ने थाहा पाए । क्राइस्टको करुणा र सत्यको सन्देशले धेरैलाई अपिल गर्छ । त्यसैले चर्चको संख्या अभूतपूर्व रूपमा बढेको छ ।’

तर धार्मिक स्वतन्त्रताले नयाँ चुनौती पनि थपेको छ भन्छन् पुडाइट । ‘केही अतिवादी हिन्दू तथा बौद्ध समूहले भनिरहेका छन्, ‘धार्मिक स्वतन्त्रता भएपनि धर्मपरिवर्तन गराउन पाइँदैन ।’ यसको अर्थ चर्च र अन्य धर्मपरिवर्तनकारी समूहमाथि दबाब छ ।

अत्यधिक दबाबका कारण धेरै चर्चहरू दर्ता भएका छैनन् किनकि ‘तिनीहरू दर्ता भएपछि तिनको आर्थिक तथा अन्य गतिविधिमा कठोर निगरानी हुन थाल्छ ।’


दबाबका बाबजुद नेपाली चर्चको वृद्धि भइरहेको अवस्थाका बाइबल्स फर द वर्ल्डले प्रत्येक देशका स्रोत सहयोगीहरूलाई नेपालका कुनाकाप्चामा पुग्न मद्दत गरेका छन् । विगत पाँच वर्षमा उनीहरूले गोस्पेल अफ जोनका बीस लाख प्रति र एक लाख न्यु टेस्टामेन्ट नेपालमा भित्र्याएका छन् । ‘हामीहरू अग्रपंक्तिमा रहेका करीब १८ सय कामदारको सञ्जालमार्फत काम गरिरहेका छौं र उनीहरू गाउँ र शहरका मानिसलाई सुसन्देश फैलाइरहेका छन्,’ पुडाइट भन्छन् ।

‘नेपालका विभिन्न भागमा आक्रमण र दमन भइरहेको छ त्यसैले क्रिस्चियनहरू आफ्नो विश्वासमा अडिग रही अरूलाई सुसन्देश फैलाउन दत्तचित्त रहून् भन्ने प्रार्थना गर्नुहोस्,’ पुडाइट थप्छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास