हर्पिक मिसाएको पाइएपछि चटपट बेच्न प्रतिबन्ध

chatpat_Hu3r1oolFoपर्वत /सडकमा ठेलामा राखेर बिक्री वितरण हुँदै आएको चटपटमा चर्पी सफा गर्न प्रयोग हुने हर्पिक मिसाउने गरेको पाइएपछि म्याग्दी सदरमुकाम बेनीमा चटपट बेच्न प्रतिबन्ध लगाइएको छ। बेनी नगरपालिका र वडा कार्यालयले संयुक्तरुपमा गरेको अनुगमनका क्रममा चटपटमा हर्पिक मिसाउने गरेका पाइएको बेनी– ७ का वडा सदस्य राजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए। स्वाद अमिलो बनाउन हर्पिक मिसाउने गरेको पाइएको उनले बताए। चटपट व्यवसायीले अखाद्य वस्तु मिसाउनुका साथै सरसफाईमा पनि ध्यान नदिएकाले प्रतिबन्ध लगाउनु परेको उनले जानकारी दिए। यसका साथै सडकमा जथाभावी राखिने ठेला तथा त्यसमा जम्मा हुने मानिसहरुको भीडभाडले दुर्घटनासमेत बढेको बेनी नगरपालिकाको कार्यालयले जनाएको छ। यसरी सडक तथा गल्लीहरुमा जथाभावी राखिएका फलफूल, लत्ताकपडा तथा श्रृंगारका सामानहरुलाई स्थायी पूर्वाधार बनाएर बजारकै कुनै एक ठाउँमा व्यवस्थित गर्ने नगरपालिकाको तयारी छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’