एकै दिन आज संसदमा एक दर्जन विधेयक पेश हुँदै(कार्यसूचीसहित)

काठमाडौं। व्यवस्थापिका संसद बैठकमा आज एकै पटक एक दर्जन विधेयक पेश हुँदैछन् । सरकारका तीनजना मन्त्रीले ती विधेयक पेश गर्ने कार्यसूची रहेको छ । दिउँसो १ बजे बोलाइएको संसद बैठकमा तीनवटा आयोगसहित अपराधसँग जोडिएका विधेयक पेश हुनेछन् ।

यी हुन कार्यसूची
१. स्वास्थ्य मन्त्री श्री गिरिराजमणि पोखरेलले “स्वास्थ्य विमा विधेयक, २०७४ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

२. उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री श्री विजयकुमार गच्छदारले
(क) “सामाजिक न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको मधेशी आयोग विधेयक, २०७३ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत हुर्नुहुने ।

(ख) “मधेशी आयोग विधेयक, २०७४ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

(ग) “सामाजिक न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको थारु आयोग विधेयक, २०७३ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

(घ) “थारु आयोग विधेयक, २०७४ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

(ङ) “सामाजिक न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको मुस्लिम आयोग विधेयक, २०७३ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

(च) “मुस्लिम आयोग विधेयक, २०७४ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

३. कानून , न्याय तथा संसदीय मामिला मन्त्री श्री यज्ञबहादुर थापाले
(क) “विधायन समितिको प्रतिवेदन सहितको अपराध संहिता विधेयक , २०७१ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

(ख) “अपराध संहिता विधेयक, २०७३ लाई पारित गरियोस” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

(ग) “विधायन समितिको प्रतिवेदन सहितको फौजदारी कार्यविधि संहिता विधेयक, २०७१ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

(घ) “फौजदारी कार्य्विधि संहिता विधेयक, २०७३ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नु हुने ।

(ङ) “विधायन समितिको प्रतिवेदन सहितको फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक, २०७१ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

(च) “फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक, २०७३ लाई पारित गरियोस” भनि प्रस्ताव प्रस्तुत गर्नुहुने

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि