जिसस मुस्ताङको संयोजक एमाले र उपसंयोजकमा काँग्रेस बिजयी

mustang samanyoya samitee
पर्वत/ जिल्ला समन्वय समिति मुस्ताङको संयोजकमा ने.क.पा. एमालेकी छिरिङ ल्हामु गुरुङ र उपसंयोजकमा नेपाली काँग्रेसका राजेन्द्र शेरचन बिजयी भएका छन । स्वतन्त्र उम्मेद्वार लोकसाङ छोम्तेल बिष्ट (राजु) को मतले नै जि.स.स पदाधिकारी निर्धारणमा निर्णायक भूमिका खेल्ने अवस्था जारी रहेकै बेला काँग्रेस, एमाले र बिष्टबीच भएको आपसी समझदारी अनुसार पदीय भागवण्डाका निर्वाचनमा मतदान भएको हो । जिल्ला निर्वाचन अधिकृत सिताराम शर्माले दिएको जानकारी अनुसार समन्वय समितिमा दावेदार रहेका काँग्रेस, एमाले, राप्रपा र स्वतन्त्र उम्मेद्वारबीच निर्वाचन शुरु हुनुपूर्वको अन्तिम समयमा मिलेर मतदान गर्ने सहमति भएको हो । एमालेलाई संयोजक सहित ३ सदस्य, काँग्रेसलाई उपसंयोजक सहित ३ सदस्य र राप्रपालाई १ सदस्यमा निर्वाचित गर्ने गरी दलहरुले सहमति गरेपछि सोही अनुसार नै मतदान भएको हो । जस अनुसार समितिका अन्य सदस्यहरुमा राप्रपाकी कल्पना हिराचन, नेपाली काँग्रेसबाट शान्ति गुरुङ र सञ्जय थकाली तथा एमालेबाट दुर्गादेवी रसाईली र बिष्णु नेपाली परियार निर्वाचित भएका छन । ५ गाउँपालिका रहेको मुस्ताङमा काँग्रेसका ५, एमालेका ४ र स्वतन्त्र १ गरी कुल १० जना मतदाता रहेका थिए ।
दलहरुबीच सहमती हुनु अगाडि जिसस मुस्ताङको निर्वाचन रोमाञ्चक अवस्थामा रहेको थियो । स्वतन्त्र उम्मेद्वार बिष्ट गएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वार बन्दै दालोमे गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । तर, जिसस काँग्रेसको पक्षमा जानको लागि तिनै बिष्टको मत अपरिहार्य थियो । बिष्टले एमालेलाई मतदान गरेको भए जिससका सबै पदहरुमा काँग्रेस र एमालेको बराबरी ५÷५ मत हुने भएकोले गोला प्रथा गर्नैपर्ने अन्तिम बिकल्प देखा परेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’