११ वटा जिल्ला समन्वयमा एमालेको एकल वर्चश्व

१० वटा जिल्ला समन्वयमा एमालेको वर्चश्व

मकवानपुर र दैलेखमा पनि एमाले नै

पर्वत /अहिले अधिकांश जिल्ला समन्वय समितिहरुको निर्वाचन धमाधम भइरहेका छन् । गठन भएका अधिकांश जिल्लामा एमालेले अग्रता लिएको छ ।

सोमबार सम्पन्न मकवानपुरको जिल्ला समन्वय समितिमा एमालेको एकल समूह नै विजयी भएको छ । जिसस प्रमुखमा रघुनाथ खुलाल र उपप्रमुखमा भगवती पुडासैनी विजयी भएका हुन् । सदस्यहरुमा गणेशकुमार प्रधान, देवराज रिमाल, चित्रबहादुर बलामी, सीता अधिकारी, बुद्धिबहादुर मोक्तान, सानीकान्छी स्याङतान र सरिता विक विजयी भएका छन् ।

यसैगरी, दैलेखमा पनि एमालेको एकल प्यानल विजयी भएको छ । प्रमुखमा प्रेमबहादुर थापा र उपप्रमुखमा लक्ष्मीदेवी शाह निर्वाचित भएका छन् । सदस्यहरुमा नन्दबहादुर खड्का, बालकृष्ण केसी, सर्वराज महतरा, चन्दा नेपाली, गीता चन्द, चन्द्रकला रावल र ललितजंग माझी रहेका छन् ।

यसअघि एमालेले पर्वत ,धादिङ, काठमाडौं, भक्तपुर, खोटाङ, सिन्धुपाल्चोक, डोल्पा, ताप्लेजुङ, कञ्चनपुरमा एमालेको एकल प्यानलले चुनाव जितेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि