कुस्माका मेयर जोशीले ‘निरंकुश’ बन्ने सपना देख्दा नगर सभा हुन सकेन –एमाले

कार्यबिधी थाती राखेर परिषद गर्न माग

uml press meet kunapa
पर्वत/कुस्मा नगरपालिकामा मेयर रामचन्द्र जोशीले ‘निरंकुश’ बन्ने सपना देख्दा कुस्मा नगरपालिकाको कार्यबिधी पारित हुन नसकेको र नगरसभा बस्न नसकेको आरोप नेकपा(एमाले)ले लगाएको छ ।
नगरसभा र नगर कार्यपालिकामा एमालेको बहुमत भएपनि मेयर जोशीले अन्तिम निर्णयको अधिकार आफुँमा राखेर निरंकुश बन्ने सपना देखेकै कारण गरिरोध बढेको आरोप एमालेले लगाएको हो ।
नेकपा(एमाले)बाट कुस्मा नगरपालिकाको कार्यपालिकामा बिजयी भएका वडा अध्यक्ष र सदस्यहरुले सोमबार कुस्मामा पत्रकार सम्मेलन गर्दै एउटा मेयर सबै अधिकार आफुँले मात्रै राख्न खोजेका कारण सहमति हुन नसकेको बताएका हुन । पत्रकार सम्मेलनमा एमालेको तर्फबाट नगरप्रमुख सहित कार्यपालिकाको बहुमतले निर्णय गर्न सक्ने मध्यमार्गी प्राबधानका पक्षमा लचिलो बन्दा पनि मेयर जोशीले अन्तिम निर्णय एकल रुपमा गर्न पाउनुपर्ने अडान राखेकै कारण समस्या हल नभएको वडा नं ११ का अध्यक्ष शिबप्रसाद पौडेलले बताए । ‘सर्बसम्मत रुपमा निर्णय हुन नसकेमा नगरप्रमुख सहित कार्यपालिकाको बहुमतले निर्णय गर्न सक्ने ब्यबस्था नमुना कार्यबिधीमा पनि छ’ पौडेलले भने ‘हामीले त्यो बिकल्पमा सहमति गरौ भन्दा पनि मेयर जोशी टसमस हुनुभएन’ कार्यपालिका र नगरसभामा बहुमतमा रहेको एमालेले सबै अन्तिम निर्णय मेयरलाई गर्न दिने हो भने बहुमत र लोकतन्त्रको समेत अपमान हुने भएकाले त्यसको आधारमा सहमति हुनै नसक्ने स्पष्ट पारे ।uml press meet kunapa 1
कुस्मा नगरपालिकाको २३ जना कार्यपालिका सदस्य मध्ये एमालेका १६ जना सदस्य छन भने मेयर, उपमेयर सहित नेपाली कांग्रेसका तर्फबाट ७ जना छन । एमालेको १७ जना सदस्य मध्ये मनोहर बिश्वकर्मा पौडेल जिल्ला समन्वय समिति पर्वतको प्रमुख निर्वाचित भैसकेका छन । एमालेले मन्त्रालयले पठाएको नमुना कार्यबिधीमा दोस्रो बिकल्पका रुपमा रहेको नगरप्रमुख सहित कार्यपालिकाको बहुमतले निर्णय गर्न सक्ने बिषयमा जुनसुकै बेला पनि सहमतिका लागि तयार भएको बताएको छ । ‘हामीले बहुमतका आधारमा मात्रै निर्णय गर्न खोजेका छैनौ’ वडा नं ७ का अध्यक्ष सुवासचन्द्र पौडेलले भने ‘निरंकुश बन्छु र बहुमतलाई एक्लै पेलेर जान्छु भन्ने सपना देखिरहने हो भने समस्या हल हुन सक्दैन’
एमालेले असार २२ गतेको कार्यपालिकाको बैठकमा नै कार्यबिधी पास गर्ने बिषयमा सहमति नभएपनि बजेट पास गर्ने, नगरपरिषद गर्ने कुरामा सहमति जनाइसकेको उनले बताए । तर प्रमुखले कार्यबिधी पास नगरे सम्म अरु प्रकृया आफैले रोकेर राखेको र उल्टै एमालेले परिषद गर्न दिएन, राजस्व उठाउन रोक्यो, बजेट पास गर्न अबरोध ग¥यो भनेर आफ्नो कम्जोरी लुकाउन खोजेको आरोप पनि लगाए । ‘कार्यबिधी पछि पास गर्न सकिन्छ, राजस्व उठाउने, बजेट बिनियोजन गर्ने कुरामा हामी सकारात्मक छौ, भोली नै परिषद गर्न सकिन्छ’ वडाअध्यक्ष सुबासचन्द्र पौडेलले भने ।
यता प्रमुख रामचन्द्र जोशीले भने अन्य नगरपालिका र गाउँ पालिकाले स्थानिय बिकास मन्त्रालयले पठाएको नमुना कार्यबिधी हुबहु पास गरेका कारण आफुँले पनि ती अधिकार पाउनुपर्ने बताउँदै आएका छन । ‘फलेबासको नगरप्रमुख र कुस्माको नगरप्रमुखका अधिकार फरक फरक हुन भएन’ उनले भने ‘नगर प्रमुखको अधिकार कटौती बाहेक सबै बिषयमा सहमति गर्न तयार छु’ एमालेका वडा अध्यक्षहरुले भने स्थानिय तहले आफ्नो कानुन आफै बनाउन सक्ने भएकाले ठाउँ अनुसारको बिशिष्टता र आवश्यकताका आधारमा कानुन बन्दै आएको बताए । ‘फलेबासमा पानी पर्दा कुस्मामा छाता ओढ्नुपर्छ भन्ने छैन’ एमालेबाट निर्वाचित वडा अध्यक्ष सुबासचन्द्र पौडेलले भने ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’