एका बिहानै बजारमा ट्राफिक छिरेपछि, लाईसेन्स नभएका सबारी बजारमै निस्केनन्

20667990_837140423117349_674221989_nसुबास लामिछाने, साउन २३/ पछिल्लो समय स्थानियले ट्राफिक प्रहरी राजमार्गमा मात्र सबारी चेकजाच गरी राजश्वमा बृद्धि गरेको आरोप लगाएपछि प्रहरीले बजारको मुख्य मुख्य स्थान र गल्लीहरुमा चेकजाच गर्न थालेको छ । सदरमुकाम कुश्मा बजारको मुख्य स्थान र गल्लीहरुमा अत्यधिक मात्रमा सबारी हाक्ने ,स्बरुप परिर्वतन गरी सवारी गुडाउने तथा सबारी चालक अनुमति पत्र नलिई सबारी चलाउनेहरु अहिले कारवाहिमा परेका छन् । साथै कार्यलय समयमा बजार अस्तब्यस्त भएको गुनासो समेत बढीरहेको बेला ट्राफिकको ध्यान त्यस तर्फ समेत केन्द्रित भएको छ ।
कार्यलय समयमा ठुला मालबहाक सबारी साधनबाट माल समान लोड अनलोड गर्ने नपाईने भएपनि कुश्माका केहि ब्यपारीहरुले अटेरी गर्दे आईरहेको समयमा प्रहरीले कार्यलय समयमा सामान लोड अनलोड गरिरहेका केहि मालबाहक सबारीलाई कारवाहि समेत गरेको हो । केहि दिन देखि बजारमा सक्रियता देखाएको ट्राफिक प्रहरीले आईतबार मात्र अत्यधिक मात्रमा सबारी हाक्ने ,स्बरुप परिर्वतन गरी सवारी गुडाउने तथा सबारी चालक अनुमति पत्र नलिई सबारी चलाउने ९ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । साथमा अनुमति पत्र लाईसेन्स नभएका सरकारी कार्यलयका ३ मोटरसाईकललाई समेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यलय पर्बतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास