कहाँ अड्कियो गोविन्द केसीसँगको वार्ता ?

काठमाडौँ/ चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता सकारात्मक दिशामा अगाडि बढेको छ । सरकारी वार्ता टोलीका संयोजक शान्तबहादुर श्रेष्ठका अनुसार शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिपछि केसी पक्ष सकारात्मक रूपमा प्रस्तुत भएको छ ।govinda

शनिबार केसीका मागबारे सहमति खोज्न नेपाल चिकित्सक संघ, सरकारी वार्ता टोली र केसी पक्षबीच छलफल भएको थियो । श्रेष्ठका अनुसार वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले चाँडै अनशन तोडिनेछ । प्रधानमन्त्री देउवा, ओली र प्रचण्डले सामूहिक रूपमा अनशन अन्त्य गर्न आग्रह गरे पनि केसीले आफ्नो ११औँ अनशनलाई निरन्तरता दिएका छन् । तत्काल चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने केसीको मागलाई प्रमुख दलका नेताहरूले सार्वभौम संसद् बन्धक नहुने किसिमले विधेयक अघि बढाउने निर्णय शुक्रबार गरेका थिए, नयाँ पत्रिकामा खबर छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि