फिल्म निर्देशक बन्ने महानायक राजेश हमालको घोषणा

rajesh-hamal-and-madhu-bhattaraiविराटनगर । नेपाली रजतपटका महानायक राजेश हमालले अब आफू पनि फिल्म निर्देशनमा आउने घोषणा गरेका छन् । उनले आफूले निर्देशन गरेको नेपाली चलचित्र दर्शकले चाँडै हर्न पाउने समेत बताएका छन् ।

महानयक हमाल अहिलेसम्म कलाकारको फिल्ममा भूमिकामा मात्र देखिँदै आएका छन् । विराटनगरमा आज संचारकर्मीसँगको कुराकानीमा महानायक हमालले एकदेखि डेढ वर्ष भित्रै दर्शकहरुले आफूले निर्देशन गरेको नेपाली चलचित्र दर्शकले हेर्न पाउने बताए ।

उनले भने ‘अवको डेढ वर्षभित्रै दर्शकले मैले निर्देशन गरेको चलचित्र हर्न पाउने छन् । त्यसको तयारीमा म लागी परेको छु’ हमालले भने ।

हमालले अहिले चलचित्रको कथाको बारेमा अध्ययनमा रहेको पनि जानकारी दिए । उनले बढी आधुनिकता झल्कने भन्दा पनि नेपाली मौलिकता झल्कने मुद्दामा चलचित्र निर्माण र निर्देशन गर्ने बताए ।

मौलिक मुद्दासँग जोडिएको वास्तिविक कथावस्तुसँगै मनोञ्जन प्रदान चलचित्र निर्देशन गर्ने सोचमा रहेको उनले बताए ।


उनले आफ्नो ब्यानरमा भने फिल्म निर्माण नगर्ने स्पष्ट पारे । उनकी धर्मपत्नी मधु भट्टराईसहित विराटनगरमा भोलि हुने एक कार्यक्रममा सहभागी हुन विराटनगर आएका महानायक हमालले पछिल्लो समय नव प्रवेसी कलाकारको आगमनले नेपाली चलचित्रको स्तरमा सुध्रँदै गएको प्रतिक्रिया दिए ।

नेपाली चलचित्रले पनि वजार बनाउने क्रममा रहेको भन्दै हमालले दर्शकको भावना बुझेर निर्माण पक्षले चलचित्र निर्माण गरेको खण्डमा नेपाली चलचित्रले वजार पाउन कठिन नभएको बताए ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ

मोदीका आरन व्यवसायीलाई आधुनिक औजार

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम