सिसेफ महिला समुहले खुबायो दर, साथमा सहयोग हस्तान्त्रण पनि

IMG_4117
सुबास लामिछाने, २१ साउन /सामाजिक क्षेत्रमा निरन्तर रुपमा काम गर्दे आईरहेको सिसेफ महिला समुहले शनिबार दरखाने तथा सहयोग हस्तान्त्रण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले एक कार्यक्रमको आयोजना गरी आफ्नै सभाहलमा जिल्लाका नबनिर्बाचित महिला जनप्रतिनीधि तथा जिल्लामा बिभिन्न संघसंस्थामा आबद्ध महिला दिदीबहिनीहरुलाई एकै ठाउँमा भेला गराएर खुसी साटासाट गरी दर खुबाएको हो । सो अबसरमा गत साल गोरुले मारेर ढाडको नशा चुडिएर हिडडुल गर्ने नसक्ने कुश्मा नगरपालिका २ खुर्कोट निबासी माधब गिरीलाई सहयोग हस्तान्त्रण गरिएको थियो । संस्थामा आबद्ध सदस्यहरु तथा अन्य सहयोगि मनहरुबाट संकलीत जिन्सी सामान तथा नगद गरी झण्डै ५० हजार मुल्यु बराबरको सामाग्री माधब गरीको श्रमिती पार्बती गिरीलाई हस्तान्त्रण गरिएको हो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथी फलेबास नगरपालिकाका नगर उपप्रमुख मञ्जु अधिकारीले महिला सशक्तिकरणको सन्देश वोकेको नेपालीहरुको महान् चाड तीजलाई महिला अधिकार र सशक्तिकरणको चाडका रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो । उहाले पछिल्लो समयमा तीजे भाकाका नाउमा रत्यौली र दोहरी गीत सँगै विकृति विसंगति भित्रिएको प्रति चिन्ता व्यक्त गर्दे कुसंस्कारलाई निरुसाहित गरि अव सुसंस्कारको बिकास गनुपर्ने समय आएको बताउनुभयो । महिलाहरु अब दर खाने कार्यक्रममा मात्र सीमित नभई सम्पुर्ण कार्यमा महिलाहरुको सहभागिता बढाउनुपर्नेमा उहाको जोड थियो । कार्यक्रममा सहभागिहरुले चाडपर्वलाई तड्क भड्क नगरी अफ्नो क्षमता अनुसार मनाउनुपर्नेमा जोड दिएका थिए । सिसेफ महिला समुहकी अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब कामना रेग्मीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास