एउटै थालमा खाने साथीले छोरा अपहरण गरेपछि………….

bishnu-pandeकाठमाडौं । अपरहणमा परेको ५ वर्षे छोरा विशालको शकुसल उद्दार भएपछि विजय चौधरी दम्पत्ति खुसी छन् ।

शनिबार नै मनकामना गएर भाकल अनुसार बोका पनि काटे तर, उनी खुसीसँगै दुःखी पनि छन् । अपहरणकारी आफ्नै साथी पो रहेछन्, जसलाई उनका बाबुले छोरा समान मानेका थिए । उनीहरु एउटै थालमा खान्थे ।
प्रहरीले भन्दा पनि उनले पत्याएनन्, राजु (विक)ले कसरी विशाललाई अपहरण गर्ला र ?

पत्याउनु पनि कसरी ? बाल्यकालको साथी, अहिले पनि उस्तै दोस्ती छ । १२ गते छोरो अपहरणमा परेको केहीबेरपछि नै राजु खोजीमा सघाउन आएको थियो । विशाललाई खोज्दै स्कुल पुगे, नाराबाजी गरे, राति अबेरसम्म पनि साथ दिए ।

तर, अब उनलाई पत्याउन कर लागेको छ, अपहरणको योजनाकार राजु प्रहरी फन्दामा परेका छन् । मनकामना दर्शन गरेर उनी परिवारसहित अपराध महाशाखामा पुग्दा प्रहरीले राजुलाई सार्वजनिक गर्ने तयारी गरिरहेको थियो ।

औपचारिक पत्रकार सम्मेलनपछि प्रहरीले राजुसँगै विष्णु पाण्डेलाई सार्वजनिक गर्‍यो । राजु विकले हुलिया परिर्वतन गर्न कपाल खौरिएका थिए । हातमा हत्कडी र अनुहारमा मास्क लगाएर उनले विशालतिर आँखा लगाउन पनि सकेनन् ।

शिर निहुर्‍याइमात्र रहे । केही पर बसेर हेरिरहेका विशाल चौधरीलाई पनि अर्कै खालको छटपछि थियो । उनले पटक-पटक नजिक जान खोजे तर, सकेनन् । अनुहार एकखालको ‘हिन’ भाव थियो कि छोराको अपहरणकोरी आफ्नै साथी पो रहेछ । यसलाई मैले किन समयमा चिन्न सकिँन ।

प्रहरीले राजु विक र विष्णु पाण्डेलाई लगेपछि विशालले मुख खोले, ‘मैले कसरी पत्याउँ सर । एउटै थालमा खाने साथीले आफ्नो छोरालाई अपहरण गर्‍यो भनेर ?’
प्रहरीका अनुसार आफ्नै साथीका ५ वर्षे छोरा विजयलाई राजु आफैंले स्कुलबाट उठाएका थिए । उनलाई विष्णु पाण्डेले साथ दिएका थिए । घरमा सँगै आउजाउ गर्ने बुबाको साथी देखेपछि विजय पनि सहजै उनीहरुसँग गरे ।

राजु र विष्णुले गोठाटारमा बस्ने विष्णुको बहिनी अनिता केसीको कोठामा बन्धक बनाएर राखे ।

लगतै राजुले पसल त बन्द रहेछ विजयलाई भन्दै फोन गरे । उनले छोरा हराएको सुनाए । लगतै हो र Û भन्दै खोज्न आइपुगे । विजय भन्छन्, ‘जसले अपहरण गरेको छ, त्यसलाई छोड्नु हुँदैन । गोली हान्नुपर्छ भन्थ्यो ।’

लगातार केही दिन राजु विकले अपहरणकारी र खोजीकर्ता दुबै भूमिका निभाइरहे । महानगरीय प्रहरी अपराध महाशाखाले शनिबारबाट केस हृयाण्डल गर्‍यो र अपरेशन बुनु नाम दिएर अनुसन्धान थाल्यो । प्रारम्भिक अनुसन्धानका क्रममा नै राजु विक शंकाको घेरामा परिसकेका थिए । तर, विजयले विश्वास नै गरेनन् ।
भन्छन्, ‘कसरी शंका गर्नु । सँगै खोज्न हिडेको छ । आफ्नै एकदमै मिल्ने साथी पनि हो ।’

प्रहरीले बालकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्दै उद्दारमा जोड दियो । राजुले खेल्ने मौका पाए । शनिबार प्रहरी कार्यालयमै आएर उजुरी दिन साथ दिए । आइतबार अपहरणमा परेका बालक विशाल पढ्ने सरस्वती बोर्डिङ स्कुल पुगेर नाराबाजी गरे, स्कुल जलाइदिने धम्की दिन पनि भ्याए ।

तर, उनी त्यहीँ फसे । प्रहरीले विजय दम्पत्तिलाई एक होटलमा राखेर निगरानी गरिरहेको थियो र झण्डै ३ घन्टाका लागि मात्र उनीहरुलाई बाहिर पठाइएको थियो ।

त्यही बेला विशालले राजुलाई भने, प्रहरीले अपराधीलाई जहाँ भेट्यो, त्यही सुट गर्ने भनेको छ । मैले पनि छोरा माया मारिसके, तर, अपराधीलाई छोड्नु हुन्न ।’

राजुमाथि मनोवैज्ञानिक दबाव दिने प्रहरीको रणनीति थियो । प्रहरीलाई थाहा थियो कि बालक राजु र विष्णुसँग थिएन, किनकी ५० लाख फिरौति माग्ने क्रममा उनीहरुले अडियो मात्र सुनाएका थिए । त्यसैले प्रहरीले बालकलाई लुकाएको ठाउँ पत्ता लगाउने र उद्दार प्रहरीको प्राथमिकतामा पर्‍यो ।

आइतबार राति करिव ११ बजेतिर विजयले रुँदै फोन गरेर राजुलाई आफू कहाँ आउन आग्रह गरे । तर, उनी मानेनन् । त्यसपछि विजयलाई पनि लाग्यो कि अपहरणकारी राजु नै हो । आफू चारैतिरबाट घेरिएको थाहा पाएपछि राजु बालक विशाललाई छोडेर भाग्यो र सोमबार विहानै बालकको सकुशल उद्दार भयो ।
बालक छाडेर भागेका राजु शुक्रबार गाइघाटमा पक्राउ गरे । विष्णुलाई मन्थलीबाट पक्राउ गर्‍यो ।

अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्य भन्छन्, ‘बालकको जीवन रक्षा पहिलो प्राथमिकतामा थियो । त्यसैले उनीहरुले खेल्ने समय पाए र काठमाडौंमा भएका अपहरणकारीलाई गाइघाट र मन्थलीबाट समात्नु पर्‍यो ।’

प्रहरीका अनुसार व्यापार व्यवसाय गर्ने विजयको कमाई राम्रै थियो । र, साथीभाइ भेट्दा १०/१५ लाख जुटाउन समस्या नभएको सुनाउने गरेका थिए । उतासँगैको साथी राजु वेरोजगार थिए, त्यसैले उनले अपहरणको योजना बनाए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’