भरतपुर महानगर १९ को २ हजार ७ मत गणनाः मतान्तर ४ सय १७

bharaचितवन/भरतपुर महानगरपालिका वडा नं १९ को फेरि मतदान भएपछि अहिले मतगणना भइरहेको छ । शुक्रबार फेरि मतदान भएपछि राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १९ को २ हजार ७ मत गन्दा रेणु दाहालले ३ सय ६७ मतले अग्रता लिइरहनु भएको छ । तर समग्रमा भने देवी ज्ञवालीको अग्रता कायम नै छ ।

देवी ज्ञवालीले ४१ ह्जार ६ सय ६९ मत प्राप्त गर्नुभएको छ भने रेणु दाहालको मत ४१ हजार २ सय ५२ मत प्राप्त गर्नुभएको छ ।यस्तै उपमेयरमा पार्वती शाहले ४५ हजार १ सय ४० मत र दिव्य शर्मा आचार्यले ३८ हजार ३ सय ३८ मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि