भरतपुरमा मतगणनास्थलमा जाली ! सुरक्षा व्यवस्था कडा

20624099_1804136486293874_141396086_n (1)चितवन । पहिलो चरणको निर्वाचनको मतगणनामा राजनीतिक दलकै प्रतिनिधिले मतपत्र च्यातेपछि जिल्ला निर्वाचन कार्यालय चितवनले जाली लगाएर मतगणना गर्ने तयारी गरेको छ ।

त्यसका लागि जाली लगाइसकिएको छ भने मतगणना कतिखेर शुरु हुने भन्ने ऐकिन हुन सकेको छैन ।

खेलकुदको कभर्ड हलभित्र मतगणना गर्ने र राजनीतिक दलका प्रतिनिधि रहने बीच भागमा जाली लगाइएको जिल्ला निर्वाचन कार्यालय चितवनका हरि अधिकारीले जानकारी दिए ।

जेठ १४ गते भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भैरहेका बेला नेकपा माओवादी केन्द्रका दुई कार्यकर्ताले मतपत्र नै च्यातेपछि जाली लगाएर सुरक्षा व्यवस्था कडा पारिएको हो ।

राजनीतिक दलको बैठकपछि रातिदेखि नै मतगणनाको तयारी गरिएको छ । बैठकले मात्रै शुक्रबार राति या शनिबार बिहानदेखि मतगणना गर्ने भन्ने निर्णय गर्नेछ ।
यसैबीच भरतपुर महानगरपालिका वडा नम्बर १९ मा कडा सुरक्षाका बीच मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय तोकिएको थियो ।

भरतपुर १९ मा तीनवटा मतदान स्थलका ६ वटा केन्द्रमा मतदान सम्पन्न भएको थियो ।  जम्मा ३ हजार ८९७ मतदाता रहेको भरतपुर १९ मा ७५.५८ प्रतिशत मत खसेको छ ।

वैशाख ३१ गते भएको निर्वाचनमा २८९७ सय मत खसेको थियो । हिलेभन्दा यसपटक मत बढी खस्ने अनुमान गरिएको भए पनि पहिलेभन्दा केही कम मत खस्यो ।

पहिलेभन्दा २७ मत कम खसेको बताइएको छ । सबै जोड्न बाँकी रहेकाले १, २ मत तलमाथि पर्न सक्ने निर्वाचन कार्यालयका अधिकारीहरु बताउँछन् । शुक्रबार भएको मतदानमा २८७० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणको निर्वाचनपछि जेठ १४ गते राति मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका दुई कार्यकर्ताले मतपत्र च्यातेका थिए । मतपत्र च्यातेपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मतगणना सम्बन्धी सबै प्रक्रिया स्थगित गरेको थियो ।

निर्वाचन आयोगले उक्त घटनाको छानविनपछि पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमालेका दुई स्थानीय नेताले सर्वोच्च अदालतमा पुनः मतदान गर्ने आयोगको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले नै मतदान गराउन आदेश दिएपछि शुक्रबार पुनः मतदान भएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’