बागलुङ पहिरो (अपडेट) : मृत्यु हुनेको संख्या ६ पुग्यो, एकै परिवारका चारजनाको मृत्यु

Pahiroबागलुङ/ बागलुङमा पहिरोको कारण ६ जनाको ज्यान गएको छ । निशीखोला–२ मा पहिरोमा पुरिएर एउटै परिवारको चारजनाको ज्यान गएको छ ।

ज्यान जानेमा ६७ वर्षका मनिमान छन्त्याल, उहाँकी श्रीमती ६३ वर्षकी नन्दकली, बुहारी २२ वर्षकी बिन्दु र छोरी गीता छन्त्याल रहेको निशीखोला–२ का वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिनुभयो ।

निरन्तर वर्षाका कारण पहिरो जाँदा ढोरपाटन नगरपालिका–५ मा एक जना र निशीखोला गाउँपालिकामा चार जनाको ज्यान गएको हो ।

ढोरपाटन–का ५५ वर्षका ओमप्रकाश कामीको घरमाथिबाट आएको पहिरोले पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ । परिवारका अन्य सदस्यलाई भने छिमेकीले सकुशल उद्धार गरेका छन् ।

निशीखोला–१ हुँल्दीमा पहिरोले घर बगाउँदा ७५ वर्षका झोगेन्द्रबहादुर सिंजालीका श्रीमती ७० वर्षकी खगिसरा सिंजालीको ज्यान गएको प्रहरी नायव उपरीक्षक अनिल खड्काले जानकारी दिनुभयो ।

पहिरोले विभीन्न ठाउँमा गरी आधा दर्जन घरमा क्षति पुर्‍याएको छ । बाढीले निशीखोला दोस्रो जलविद्युत आयोजना समेत बगाएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । बाढी प्रभावित क्षेत्रमा वेपत्ताको खोजी तथा पहिरोको निरीक्षणका लागि जनप्रतिनिधि र प्रहरीको टोली पुगको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास