कुश्माको व्यस्त सडकमा पसल भित्र गाडी छिरेपछि………..

पर्वत : पर्वतको सदरमुकाम कुस्मा बजारको व्यस्त सडकमा शुक्रबार बिहान एक गाडी पसल भित्रै छिरेको छ । कुस्माको मैत्री चोक स्थित झरना मोबाईल पसलमा गाडी छिरेपछि पसल तथा सामनाहरुमा क्षती पुगेको छ ।

ग २ च ५३९४ को सामान बोक्ने गाडी सिकारुले चलाउँदा बाटोमा रोकिराखेका ध १ ज ४८२ नम्बरको ट्याक्सी, ध १ प ५१४० नम्बरको स्कुटीमा समेत क्षती पुगेको छ । व्यस्त सडकमा एकाएक गाडीले तान्डब मच्चाएको भएपनि कुनै मानविय क्षती भने हुन पाएन ।

सडकमा एक्कासी ठूलो आवाजका साथ गाडी दौडिएको र जथाभावि रुपमा गाडी दौडिएपछि बाटो हिड्ने यात्रुहरु भागदौड गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

उक्त गाडीलाई टाफिक प्रहरीले नियन्त्रणमा लिएर कारवाही थालेको छ ।

कुस्मा बजारका सडकहरुमा गाडी सिक्ने, मोटरसाईकल तथा स्कुटी सिक्ने थलो बनेका कारण सडक असुरक्षित बनेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’