२६ अर्बमा नेइमार पिएसजीमा अनुबन्ध, विश्वमा के–के हुन सक्छ त्यति रकमले ?

काठमाडौं । ब्राजिलियन फुटबल खेलाडी नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी बनेका छन् । नेइमारलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अहिलेसम्मकै महँगो २ सय २२ मिलियन युरोमा खरिद गरेको हो ।

बहुचर्चित नेइमार प्रकरणको टुंगो लगाउँदै पिएसजीले स्पेनिस क्लब बार्सिलोनाबाट २६ अर्बभन्दा बढी रुपैयाँमा नेइमारलाई खरिद गरेको हो । विश्व फुटबलमा कु्नै पनि एउटै खेलाडीमाथि खर्च गरिएको यो अहिलेसम्मकै बढी रकम हो ।

यसअघि म्यान्चेस्टर युनाईटेडले ईटालीको क्लव युभेन्टससँग फ्रेन्च खेलाडी पउल पोग्बा खरिद गर्दा त्यतिबेलाको सर्वाधिक रकम ९८ मिलियन युरो खर्चिएको थियो । तर यसपटक नेइमारका लागि खर्चिएको रकम पोग्बाको मूल्यभन्दा दोब्बरभन्दा पनि बढी छ ।

नेइमारले तलब बापत पिएसजीबाट वार्षिक ४५ मिलियन युरो अर्थात प्रति हप्ता ८ लाख ६५ हजार युरो बुझ्ने भएका छन् । पिएसजीले बार्सिलोनाबाट नेइमार खरिद गरे पनि यो प्रसंग युरोपियन फुटबल महासंघ (युएफा)सम्म पुग्ने सम्भावना देखिएको छ । अत्यधिक मूल्यमा नेइमार खरिद गर्दा युएफाको फाइनान्सियल फेयर प्ले नियम मिचिएको भन्दै स्वयं बार्सिलोनाले अपिल गर्ने चेतावनी दिइसकेको छ ।

के–के हुन सक्छ त्यति रकमले ?

– नेपाल वायु सेवा निगमले २६ अर्ब रुपैयाँमा दुईवटा वाइड बडी विमान ल्याउने भएको छ । यो रकम नेइमारले पिएसजी क्लबसँग गरेको अनुबन्ध सम्झौता बराबर नै हो ।

– नेयमारले पाएको भन्दा कम रकम अर्थात २०७ मिलियन युरोमा बहामासमा ४ वटा नीजि द्वीप खरिद गर्न सकिन्छ ।

– २०८ मिलियन युरो रकममा १२ वटा प्राइभेट जेट विमान खरिद गर्न सकिन्छ । यो रकम पनि नेयमारले पाएकोभन्दा कम नै हो ।

– नेइमारले प्राप्त गर्ने रकमले बेलायतको राम्रो लोकेसनमा औसत मूल्यका ८ सय ४५ घर खरिद गर्न सकिन्छ ।

– १० हजार वर्षका लागि उत्कृष्ट होटलमा खाजा–बस्न तिर्ने रकम पुग्छ ।

– २०२ मिलियन युरोबाट तीन सिजनसम्म नाउ क्याम्प रंगशालाका सबै सिट बुक गर्न सकिन्छ । (एजेन्सी)

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’