सञ्चारकर्मी सन्देश लामिछाने भन्छन् ‘मेरी जस्तै जोई’ कसैलाई नपरोस्

 

20562846_460522484318837_1538873400_nसाजन परियार,पर्वत ।हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा सञ्चारकर्मी तथा लोक गायिक सन्देश लामिछानेले ‘मेरी जस्तै जोई’ नामक तिज एल्वम् सार्वजानिक भएको छ । डिजिटल स्टार प्रा.लीद्धारा बजारमा आएको उक्त एल्वम् सञ्चारकर्मी तथा लोक गायिक सन्देश लामिछाने र नवराज लामिछानेले संयुक्त रुपमा हालै बजारमा ल्याएका हुन् । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा जन्मिएका सन्देश लामो समय देखी संगितिक क्षेत्रमा सक्रिय छन् । हाल उनी गाउँकै अहिंसावादी रेडियो पर्वतमा आवद्ध छन् ।

नेपालीहरुको महान चाड हरितालिका तिजको रौनक बढ्दै गएसँगै उक्त गित दर्शक तथा स्रोतहरुको जनजिव्रोमा झुण्डिएको छ । वास्तविक तिजको आभाष दिलाउने गित बनेको धेरैको प्रतिक्रिया छ । तिजको मौलिक भावलाई सर्जक तथा गायक सञ्जय परियारले सगित दिनुभएको । परियार पछिल्लो समयका चर्चित गायक हुन् । उनका धेरै गित बजारमा छन् । त्यस्तै उक्त गितमा उत्कृष्ट शव्द सर्जक प्रतिक संग्रामीको रहेको छ ।

सञ्चारकर्मी तथा लोक गायिक सन्देश लामिछानेले र सञ्जय परियारको स्वरमा सजिएको उक्त गितमा पछिल्लो समयकी चर्चित गायिका नविना सुवेदीको समुधर आवाज समावेश छ । गितको हालै म्युजिक भिडियो सार्वजानिक भएको छ । पर्यटकिय शहर पोखरामा छांयाकन भएको म्युजिक भिडियोमा सञ्चारकर्मी तथा लोक गायिक सन्देश लामिछानेले नै अभिनय गरेका छन् ।

सञ्चारकर्मी, गायक नामले चर्चा बटुलीरहेका लामिछाने मोडलमा पनि हात हालेका छन् । म्युजिक भिडियोमा सब्रिना क्षेत्रीले साथ दिएकी छन् । उक्त म्युजिक भिडियोको निर्देशन तारानाथ आचार्यले गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’