वीरगञ्जमा एमाले उम्मेदवारः मेयरमा बसुरुद्धिन र उपमेयर सोफियाको नाम सिफरिस

Basuridin-and-sofiyaवीरगञ्ज । नेकपा एमालेले प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्जको मेयर र उपमेयर उम्मेदवार टुंगो लगाएको छ । एमाले पर्साको बैठकले करीव डेढ महिनापछि हुन लागेको चुनावका लागि उम्मेदवार टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको हो ।

जिल्ला बैठकले मेयरमा बसुरुद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई सर्बसम्मत रुपमा सिफारिस गरेको जिल्ला अध्यक्ष प्रभु हजराले बताए ।

जिल्ला कमिटीमा कुनै विवाद नभएकाले प्रदेश र स्थायी कमिटीले अनुमोदनमात्र गर्न बाँकी रहेको २ नम्बर प्रदेशका सहसंयोजक नागेन्द्र चौधरीले बताए । उनले भने, ‘यसअघि जिल्ला कमिटीले सिफारिस गरेका नाममा सर्वसम्मत रुपमा नयाँ नाम आयो । अब स्थायी कमिटीले बसुरुद्धिनलाई मेयर र सोफियालाई उपमेयर उम्मेदवार बनाउनेछ ।’

जिल्ला कमिटीले यसअघि मेयरमा सिफारिस गरेका तीनजना मध्ये सुन्दर कुर्मी संघीय फोरममा प्रवेश गरेका छन् । मेयर उम्मेदवार बनाउने गरी नेशनल मेडिकल कलेजका अध्यक्ष बसुरुद्धिनलाई एमाले प्रवेश गराएपछि उनी रुष्ट भएर पार्टी छाडेका हुन् ।

वीरगञ्ज मुलुुकको ब्यापारिक केन्द्र रहेकोले कुनै पनि हालतमा जित्ने योजना बनाइएको एमालेको दाबी छ । २०७० को संविधानसभा चुनावमा एमालेले पर्साका ४ मध्ये ३ सिट सांसदमा जितेको थियो ।

नेतालाई नयाँ जिम्मेवारी

यसैबीच, एमाले पर्साले जिल्ला कमिटी सदस्यहरुको जिम्मेवारी बिभाजन र हेरफेर गरेको छ ।

नयाँ निर्णय अनुसार युवा विद्यार्थी इन्चार्जमा मनोज चौधरी, उत्पीडित समुदायको इन्चार्जमा मेघराज पासवान, महिला इन्चार्जमामा प्रभा खड्का र प्रेस चौतारीको इन्चार्जमा डा। विश्म्भर शर्मा लगायत छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’