मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, बस र जीप त्रिशुलीमा खसे

muglin_BAlQl2Q47Fmuglingचितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत कालीखोला भन्ने स्थानमा खसेको पहिरोले यात्रु बस र जीप बगाएको छ ।

इच्छाकामना गाउँपालिका ६ कालिखोलामा झरेको पहिरोले ना ६ ख ७१२१ नम्बरको बस र बा १५ च ९३८१ नम्बरको स्कार्पिओ जीप बगाएर त्रिशुली नदी किनारमा खसाएको हो । यात्रुहरु सकुशल रहेको प्रारम्भिक विवरण प्राप्त भएको मुग्लिन प्रहरीले जनाएको छ ।
‘अहिलेसम्म मानवीय क्षति नभएको जानकारी आएको छ । हामी गाडीवालाहरुसँग पनि बिस्तृतमा बुझ्दै छौं,’ मुग्लिन प्रहरीको सन्चार शाखाका एक कर्मचारीले भने ।

पहिरो झरेको ठाउँ मुग्लिनबाट नारायणगढतर्फ करिब ४ किलोमिटर टाढा पर्दछ । साँझको बेला पहिरो झरेकाले उद्धारमा समस्या भएको छ ।

मुग्लिन नारायणगढ सडकखण्ड बिस्तारको काम जारी रहेकाले पटक पटक पहिरो झर्दा सडक अवरुद्ध हुने गरेको छ । आजभोलि सो सडकको यात्रा जोखिमपूर्ण बनेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सो सडकखण्डको स्थलगत निरीक्षण गरेका छन् । सडक बिस्तारमा तिव्रता दिन निर्देशन दिँदै उनले काममा ढिलासुस्ती गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’