पर्वतमा माओवादी र काँग्रेस छाडेर दुई सय कार्यकर्ता एमालेमा प्रवेश, बिहादी गाउँपालिका एमालेमय बन्यो

पर्वत/ दक्षिण पर्वतको विहादिमा माओवादी केन्द्र र नेपाली काँग्रेसलाई ठुलो झड्का लागेको छ । बुधवार बर्राचौरमा आयोजित सभामा काँग्रेस र माओवादी परित्याग गरी दुई सय भन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

स्थानिय तहको चुनाव लगत्तै माओवादीका केन्द्रिय सदस्य अनिल मास्के एमालेमा प्रवेश गरेपछि अहिले माओवादीका अधिकांस कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र पर्वतका प्रभावशालि नेता तथा जिल्ला कमिटि सदस्य धनराज पुरी सहित काँग्रेस र जनमोर्चा परित्या गरी दुई सय कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले पर्वतका उपसचिब गोविन्द पहाडिले जानकारी दिनुभयो । त्यस्तै राष्ट्रिय जनमोर्चाका धनबहादुर क्षेत्री सहित दर्जनौ कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । दुई चरणमा भएका कार्यक्रममा माओवादीबाट सवैभन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेपछि विहादि गाउँपालिकामा माओवादि शुन्यप्राय बनेको बताइएको छ ।

नवप्रवेशीहरुलाई सांसद विकास लम्साल, नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी, उपसचिब गोविन्द पहाडि लगायतका नेताहरुले दोसल्ला, फुल माला र खाँदा लगाएर स्वागत गरेका थिए ।
सो अवसरमा बोल्दै सांसद लम्सालले नेकपा एमालेनै अहिले आम नेपाली जनसमुदायको आकर्षणको केन्द्र बनेको बताउनुभयो । उहाँले नवप्रवेशीहरुलाई पार्टीले तत्काल उचित जिम्मेवारी प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । नेकपा एमालेको नीति र एजेण्डाकै कारण मुलुक अहिलेको अवस्थामा आइपुगेको बताउँदै अन्य दलहरुमा बसेर पिल्सिनुभन्दा एमालेमा गोलवन्द हुन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेकपा एमाले जिल्ला अध्यक्ष पदम गिरीले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै केहि दिनभित्रै पार्टीका बैठक बसेर उचित जिम्मेवारी प्रदान गर्ने बताउनुभयो । उहाँले पछिल्लो स्थानिय तहको निर्वाचनलेपनि एमालेनै मुलुकको पहिलो शक्ति हो भन्ने प्रष्ट देखाएको बताउँदै एमालेका जनमुखि कामका कारण पार्टीप्रतिका आकर्षण बढेको बताउनुभयो । उहाँले एमालेभित्रका सवै कार्यकर्ताहरुले कुनै न कुनै जिम्मेवारी पाउने बताउँदै मुलुक र जनताको सेवाका लागि एमाले सदैव तयार रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सिङ्गो पर्वत एमालेको किल्ला बन्न सफल भएको समेत उद्घोष गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला उपसचिब गोविन्द पहाडि, प्रदेश कमिटि सदस्य देवेन्द्र पाण्डे, सचिवालय सदस्य जीवन उच्चै ठकुरी, विहादि गाउँपालिकाका अध्यक्ष कमल भुसाल लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम

पर्वतमा ज्वरोको बिरामी बढ्दै, एन्टीजेन परीक्षणमा ५० प्रतिशत संक्रमित

६ वटा प्रदेशमा ठूलो वर्षाको सम्भावना