निर्वाचित भएको डेढ वर्षपछि काँग्रेस पर्वतकोे कार्यसमिति बिस्तार, को को परे नामावली सहित

पर्वत/१३ औ महाधिवेशन भएको डेढ वर्षपछि नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका सभापति खिमप्रसाद भुसालले पार्टीको विधान तथा नियमावलीको अधिनमा रही बुधवार जिल्ला कार्यसमिति विस्तार गर्नुभएको छ ।

सभापति भुसालले मनोनित गरेका कार्यसमिति सदस्यहरुमा क्रमशः खगेन्द्रप्रसाद तिवारी, कुलप्रसाद उपाध्याय, डा. चूडामणि शर्मा र मानबहादुर भुषाल हुनुहुन्छ । तीमध्य खगेन्द्रप्रसाद तिवारी १३ औं जिल्ला अधिबेशनमा सभापति भुसालसँगै चुनाव लडेका व्यक्ति हुनुहुन्छभने कुलप्रसाद उपाध्याय पार्टीका पूर्व सचिव तथा नेपाल शिक्षक संघ पर्वतका पूर्व अध्यक्ष हुनुहुन्छ । त्यसरीनै डा. चूडामणि शर्मा पनि नेपाल शिक्षक संघ पर्वतका पूर्व अध्यक्ष र मानबहादुर भुसाल पार्टीका पूर्व जिल्ला सदस्य हुनुहुन्छ ।
सभापति भुसालले पर्वत क्षेत्र नं १ बाट ६ जना र पर्वत क्षेत्र नं २ बाट ७ जना व्यक्तिहरुलाई आमन्त्रित सदस्यमा मनोनित गर्नुभएको छ । जसमा क्षेत्र नं १ बाट रामचन्द्र जोशी, विद्वान गुरुङ, युवराज जोशी, सोम पुन, हेमराज सापकोटा र कमला शर्मा हुनुहुन्छ भने क्षेत्र नं २ बाट डम्बरकुमार प्रधान, एकनारायाण न्यौपाने, डिल्लीराम उपाध्याय, जीतबहादुर नेपाली, देवीप्रसाद विलासी, हरि न्यौपाने र मिना बस्याल हुनुहुन्छ ।
त्यसैगरि सभापति भुसालले बुधवारनै १८ सदस्यीय सल्लाहकार समिति समेत चयन गर्नुभएको छ । जसमा लालकाजी गुरुङ, नबराज गुरुङ, ऋषिकेश तिवारी, लोकनाथ आचार्य, रामशर्मा पौडेल, बसन्तबहादुर सिके, डा. कुशुमाकर न्यौपाने, गिरीराज गौतम, कृष्ण गौंडेल, ललितकला गुरुङ, बलभद्र शर्मा, गंगाराज शर्मा, काशीकुमार जोशी, तिलकबहादुर कुँवर, सोमलाल आचार्य, धनबहादुर राना, ताराप्रसाद भट्टराई र भगवती शर्मा हुनुहुन्छ ।
पर्वतका दुईवटा निर्वाचन क्षेत्रबाट अझै चारजना सदस्यहरु जिल्ला कार्यसमितिमा मनोनित गर्न बाँकी रहेको जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले जानाकारी दिनुभयो । बाँकी रहेका जिल्ला सदस्यहरु समेत निकट भविस्यमै मनोनित गरिने र आवश्यकता अनुसार विभिन्न विभागहरु पनि गठन गरिने पार्टी सचिव श्रेष्ठले वताउनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ

मोदीका आरन व्यवसायीलाई आधुनिक औजार

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम