रेणुको उजुरीमा चुनाबको मुखमा देबी ज्ञावलीका छोरा प्रक्राउ

renu , debiकाठमाडौं/ नेकपा एमालेकातर्फबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुरको १९ नम्बर वडामा मंगलबार (१७ साउन) गतेको सर्वदलीय बैठकले २० साउनमा निर्वाचन गर्नेगरी मिति तयगरेको भोलिपल्ट बुधबार महानगरीय अपराध महाशाखाको टोलीले एमाले उम्मेदवार ज्ञवालीका छोरा निरभलाई काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको हो ।

निरभलाई रेणु दाहालको उजुरीका आधारमा पक्राउ गरिएको अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए ।

भरतपुर महानगरपालिका कांग्रेस माओवादी गठबन्धनबाट मेयरकी उम्मेदवार रेणुले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई गाली गलौज गरेको भन्दै उजुरी दिएकी थिइन् ।

निरभलाई महानगरीय प्रहरी परिसर काठमाडौको हिरासतमा राखिएको काठमाडौ प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले बताए । उनमाथि साइबर अपराधमा मुद्दा चलाइने तयारी भइरहेको छ ।

मतपत्र च्यातिएपछि विवादित बनेको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा साउन २० गते पुनः चुनाव हुँदैछ । चुनावकै मुखमा निरभलाई पक्राउ गरिनालाई शंकाको रुपमा हेरिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ

मोदीका आरन व्यवसायीलाई आधुनिक औजार

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम